आज मधेस प्रदेश सभाको अधिवेशन

जनकपुर, पुस २३ गते ।  आज दिउँसो १ बजेदेखि मधेस प्रदेश सभाको चौथो अधिवेशनको बैठक बस्दै छ । मधेस प्रदेश सभा सचिवालय जनकपुरधामले प्रदेश सभाको चौथो अधिवेशनको लागि सूचना पनि जारी गरिसकेको छ । यसअघि मधेस प्रदेश सरकार (मन्त्रीपरिषद्)को निर्णयअनुसार सिफारिस भई आएको हुँदा मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सभाको चौथो अधिवेशन आह्वान गर्नु […]

ऋण चुक्ता नगर्नेमाथि पुनः अनुसन्धान हुने

काठमाडौँ, पुस २३ गते  । कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट ऋण लिएर चुक्ता नगर्नेविरुद्ध पुनः अनुसन्धान हुने भएको छ । सहकारीको रकम हिनामिनामाबारे सरकारी वकिलको कार्यालय, काठमाडौँले आइतबार जिल्ला अदालत काठमाडौँमा आरोपपत्र दायर गरेसँगै थप शङ्कास्पद व्यक्ति माथि पनि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको हो । जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ता सीताराम अर्यालले प्रहरीको प्रतिवेदनमा केही […]

दिग्भ्रमित सूचनामा सचेत हुन आग्रह

काठमाडौँ, पुस २३ गते  ।   राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको पत्रकारिता क्षेत्रले लोकतान्त्रिक आन्दोलनमा मात्र नभएर सामाजिक र आर्थिक रूपान्तरणमा समेत योगदान गर्दै आएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीको सोमबार शीतलनिवासमा आयोजित स्वागत कार्यक्रममा राष्ट्रपति पौडेलले लोकतन्त्रको सुदृढीकरण र स्थायित्वमा पत्रकारहरूको मुख्य भूमिका हुनुपर्ने बताउनुभयो । राष्ट्रपतिले भन्नुभयो, “स्वतन्त्र र निष्पक्ष एवं व्यावसायिक […]

कार्यान्वयन भएनन् समपूरक योजना

सुर्खेत, पुस २३ गते । कर्णालीका मुख्यमन्त्रीदेखि मन्त्रीहरू भन्ने गर्छन्, “केन्द्र सरकारले कर्णालीलाई बजेटमा उपेक्षा गरेको छ । दिनुपर्ने बजेट पनि दिँदैन ।” त्यही केन्द्र सरकारले समपूरक अ नुदानमा दिएको बजेट कार्यान्वयनमा भने कर्णाली सरकारले उदासीनता देखाउँदै आइरहेको छ । गत आर्थिक वर्ष २०८०/८१ र चालु आव २०८१/८२ मा प्रदेश सरकार आफैँले छ वटा महìवपूर्ण योजनामा निर्णय गरेर […]

खुम्बुको लोबुचे केन्द्रबिन्दु भएर ७.१ म्याग्निट्यूडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

काठमाडौँ, पुस २३ गते ।  नेपालमा मङ्गलवार बिहानै शक्तिशाली भूकम्पको झट्का महसुस गरिएको छ। बिहान ६  बजेर ५० मिनेट आसपास उक्त भूकम्पको झट्का महसुस गरिएको थियो। अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्प ७ दशमलव १ म्याग्निट्यूडको भएको बिबिसीले उल्लेख गरेको छ। यूएसजीएसका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ४ अवस्थित लोबुचे भन्दा उत्तर […]

२०८१ पौष २३ गते – 24, Dec, 2024, मंगलवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सुधार आउला । वृष (इ, उ, ए, ओ, वा, वि, […]

नाफाको नीतिले किसानलाई घाटा

मनाङ, पुस २२ गते । पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना (नाफा) ले सञ्चालन गरेको कृषकलक्षित कार्यव्रmम मनाङको हकमा निल्नु न ओकल्नुभएको छ । नेपाल सरकार, एसियाली विकास बैङ्क तथा विश्व कृषि तथा खाद्य सुरक्षा कार्यव्रmमको लगानीमा नेपालका पहाडी क्षेत्रमा १० प्रजातिका फलफूल बालीको विकास तथा विस्तार गर्न नेपाल सरकारले पहाडी क्षेत्र काष्ठफल तथा […]

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पाँच क्षेत्र थप

इन्भेस्टमेन्ट कम्पनीको नियमन धितोपत्र बोर्डले गर्ने  काठमाडौँ, पुस २२ गते । इन्भेस्टमेन्ट कम्पनीकोे सम्पत्ति शुद्धीकरण निवारणका लागि नेपाल धितोपत्र बोर्डले नियमन गर्ने भएको छ । सरकारले नेपाल धितोपत्र बोर्डलाई सम्पत्ति शुद्धीकरण निवारणका लागि नियमनकारी निकाय तोकेको हो । सरकारले सम्पत्ति शुद्धीकरण ऐन २०६४ दिएको अधिकार प्रयोग गरी समन्वय समितिको सिफारिसमा इन्भेस्टमेन्ट कम्पनीकोे सम्पत्ति शुद्धीकरण निवारणका […]

निर्वाचन प्रणाली सुधार्न संशोधन

“अझ बढी समावेशी चरित्रको, चुस्त र प्रभावकारी निर्वाचन परिणाम हासिल गर्न सकिने गरी मौजुदा प्रणालीलाई सरल बनाउन एवं शासन व्यवस्थालाई चुस्त र जनमुखी बनाउन हाम्रो निर्वाचन प्रणालीमा संवैधानिक, कानुनी र प्रक्रियागत सुधार हुनु आवश्यक छ । प्रणाली आफैँमा असल र खराब हुँदैन ।” नेपालमा निर्वाचन प्रणाली परिवर्तनका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) […]

सेयर खरिदबिक्री पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, पुस २२ गते । नेपाल दूरसञ्चार प्राधिकरणले सेयर खरिदबिक्री गर्नुपूर्व अनिवार्य रूपमा स्वीकृति लिन दूरसञ्चार सेवाप्रदायकलाई निर्देशन दिएको छ । प्राधिकरणले अनुमतिपत्र सेवाप्रदायकले चुक्तापुँजीको पाँच प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री गर्नुअघि स्वीकृति लिनुपर्ने कानुनी व्यवस्था भएकाले त्यसको कार्यान्वयन गर्न निर्देशन दिएको हो । नेपाल दूरसञ्चार प्राधिकरण विनियमावली, २०७६ ले सेयर खरिदबिक्री पूर्व अनिवार्य स्वीकृति लिनुपर्ने […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल