शीतसँगै चुहिन्छन् भूकम्पपीडितका आँसु

रुकुमपश्चिम, माघ ५ गते । माघको कठ्याङ्ग्रिँदो जाडो, मडारिएको बादल, मुटु चिस्याउने सिरेटो । घरवासविहीन भूकम्पपीडित परिवारलाई ओत लगाउन जस्तापाता, काठ बेरेर बनाइएका अस्थायी टहरा । जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडित दोस्रो हिउँदमा पनि यिनै टहरामा दयनीय अवस्थामा बसेका छन् । गत वर्षको हिउँदमा त्रिपालमुनि कठ्याङ्ग्रिएका र गर्मीयाममा टहराभित्र उकुसमुकुस भएका पीडित यो जाडोमा पनि टहराभित्रै […]

२०८१ माघ ०५ गते – 18, Jan, 2025, शनिवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बेकारको विवादमा फँस्न सकिन्छ । बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ, तर ब्यापारमा भने फाइदै होला । पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिएला । अनौठो समाचार पनि सुन्न पाइएला । अनावश्यक डर, वादविवाद हुन सक्नाले होस पुर्याउनु होला, कुसैसँग झगडा पनि […]

दुई कम्पनीलाई आइपिओ निष्कासन अनुमति

काठमाडौँ, माघ ४ गते । नेपाल धितोपत्र बोर्डले दुई वटा कम्पनीलाई प्रारम्भिक निष्कासन (आइपिओ) को अनुमति दिएको छ । बोर्डले ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनी र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीलाई निष्कासनको अनुमति दिएको हो । बोर्डले बिहीबार एक सूचना जारी गर्दै अनुमति दिएको सार्वजनिक गरेको हो । ओम मेगाश्री आइपिओ निष्कासन अनुमति पाउने नेपालमा पहिलो औषधी […]

मिश्रको अध्यक्षतामा धार्मिक, संस्कृतिक पत्रकार समाज स्थापना

पाटन (ललितपुर),  माघ ४ गते । धार्मिक, संस्कृतिक पत्रकार समाज नेपाल (रेक्जोन)को स्थापना भएको छ । राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाता पूर्णप्रसाद मिश्रको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन समेत भएको समितिका सदस्य दीपक घिमिरेले जानकारी दिनुभयो । समितिको उपाध्यक्षमा द राइजिङ नेपालका बिनु श्रेष्ठ र महासचिवमा रेडियो नेपालका अच्युत अर्याल चयन हुनुभएको छ । […]

ऐन कार्यान्वयन नहुँदै संशोधनको माग

सुर्खेत, माघ ४ गते  । कर्णाली प्रदेश सरकारले जारी गरेको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ कार्यान्वयनका लागि पुस १९ गतेको मन्त्रीपरिषद् बैठकले नियमावली स्वीकृतसमेत गरिसकेको छ । प्रदेश सरकारले प्रमुख उपलब्धि मान्दै आएको उक्त ऐन पूर्ण रूपमा कार्यान्वयनमै आइसकेको छैन तर विभेदकारी भएको भन्दै सरोकारवालाले संशोधनको माग गरेका छन् । गत कात्तिकमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को […]

तीन लाख बालिकालाई क्यान्सरविरुद्ध खोप

भैरहवा, माघ ४ गते ।  लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । स्वास्थ्य मन्त्रालयले ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) को सहयोगमा सबै खोप नेपाल आएपछि सात वटै प्रदेशमा पठाएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशका दुई लाख ९८ हजार नौ सय १० जनालाई […]

इनरुवामा बाक्लो हुस्सु

सुनसरी, माघ ४ गते । सुनसरीको इनरुवा नगरपालिका–४ मा शुक्रबार बिहान लागेको बाक्लो हुस्सु । शीतलहरसहितको बाक्लो हुस्सुका कारण यहाँ जाडो बढेर जनजीवन प्रभावित भएको छ ।

‘पञ्चदेवल निर्माण गर्ने श्रीदेवी हुन्’

बैतडी, माघ ४ गते ।  हुलाक टिकट, दशरथ चन्द नगरपालिकाको लोगो र पुरातात्त्विक विभागको संरक्षण सूचीमा रहेको बैतडीको पञ्चदेवलको निर्माण एक जना साहसी महिलाको अगुवाइमा भएको दाबी गरिएको छ । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा अध्येता राजेन्द्रसिंह रावलले पञ्चदेवलको निर्माण १४ औँ शताब्दीमा श्रीदेवीको अगुवाइमा निर्माण भएको दाबी गर्नुभएको हो । दशरथ चन्द नगरपालिका–४, देवलहाटमा रहेको ऐतिहासिक शिखर […]

वैदेशिक अध्ययनमा मात्रै ४७ अर्ब ३४ करोड खर्च

काठमाडौँ, माघ ४ गते । देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थानहरू सञ्चालनमा रहेको भए पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या उस्तै रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि मात्रै रू ४७ अर्ब ३४ करोड बराबरको खर्च गरेका छन् । नेपाल […]

अमेरिकी डलर भाउ उकालो

काठमाडौँ, माघ ४ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको अमरिकी डलरमा आज पनि वृद्धि भएको छ । युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल