रोजगारीका लागि भारत गएका चार जनाको मृत्यु

सल्यान, भदौ ३१ गते । भारतमा रोजगारीका सिलसिलामा गएका सल्यानका चार जनाको गाडी दुर्घटनामा मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। जिल्लाको कुमाख गाउँपालिका–४ बस्ने जिल्लाका एकै गाउँका ४ जनाको हिमाचल प्रदेशको सिम्ला जिल्ला, कोटखाइमा पिकअप गाडी दुर्घटना हुँदा मृत्यु भएको हो । मृत्यु हुनेमा ३६ वर्षीय राजेश विष्ट, ४८ वर्षीय डिल्ली शाही, […]

विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न अक्षयकोष स्थापना

फुङलिङ, भदौ ३१ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–६, मामाङखेको लक्ष्मी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । समाजसेवी देउकुमार माबो लगायतका परिवारले लक्ष्मी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो । विद्यालयमा स्व. खडकदेवी माबो (लिम्बू) स्मृति अक्षयकोष स्थापना गरिएको प्रधानाध्यापक लक्ष्मी माबोले जानकारी दिनुभयो । उहाँका अनुसार स्व. लिम्बूको स्मृतिमा उहाँका दाजु देउकुमार माबो लगायतका […]

कतै त्रिपाल कतै परिसरबाटै सेवा

तुलसीपुर, भदौ ३१ गते । जिल्लाका स्थानीय तहहरूका भवन जेन जी आन्दोलनका क्रममा क्षतिग्रस्त अवस्थामा पुगेका छन् । संरचनाहरू क्षतिग्रस्त अवस्थामा पुगे पनि स्थानीय तहहरूले भने कतै परिसरबाटै त कतै भत्किएकै संरचनाबाट सेवा सुरु गरेका छन् । आन्दोलनका क्रममा दुई वटै संरचना क्षति पुगेका तुलसीपुर उपमहानगरपालिकाले सोमबारबाट परिसरमै त्रिपाल टाँगेर सेवा सुरु गरेको छ भने […]

सुनको मूल्य तोलाको दुई लाख १७ हजार

काठमाडौँ,  भदौ ३१ गते । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार प्रतितोला दुई लाख १५ हजार २०० मा कारोबार भएको सुन आज तोलामा एक हजार ९०० बढेर दुई लाख १७ हजार १०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य तोलाको दुई हजार ५९५ पुगेको छ । आज चाँदी […]

पर्यटकीय मौसममा होटेल सुनसान

बागलुङ, भदौ ३१ गते । भदौको महिनाभरि ढोरपाटन सिकार आरक्षको ‘बुकीपाटन क्षेत्र’ मा पर्यटकको लर्को लाग्ने क्रम चलिरहेको थियो । कुनै समय फरक विश्व जस्तो लाग्ने ढोरपाटन क्षेत्रमा पर्यटकको आगमन बढ्दा त्यहाँका होटेल व्यवसायसँंगै गोठस्टे (खर्क गोठमा बस्ने) समेत फस्टाउँदै थिए । एकाएक जेनजीको आन्दोलन भयो, यहाँ आउने पर्यटक बाटोमै रोकिए, यहाँ आएका पर्यटक पनि त्रासमा बस्न […]

दीपावलीमा घर आउँछु भनेका विजय उतै अस्ताए

लहान, भदौ ३१ गते ।  जेनजी प्रदर्शनका क्रममा सहादात प्राप्त गरेका लहान वडा नम्बर–१५ का विजय चौधरी खेतीपातीको काम सकेर यही भदौ ५ गते काठमाडौँ गएको थियो । दीपावलीमा आएपछि घरको अधुरा काम पूरा गर्ने भनेर गएको विजयको भदौ –२३ गतेको जेनजी प्रदर्शनमा गोली लागेर ज्यान गयो । २९ वर्षीय विजयका पिता हरिप्रसाद चौधरी, आमा […]

यसरी जोगियो भूमि सुधार तथा मालपोत कार्यालय

भारदह(सप्तरी), भदौ ३१ गते ।  जेनजीको आन्दोलनमा राजविराजका करिब दुई दर्जनभन्दा बढी कार्यालय तोडफोड, आगजनी र लुटपाट भए पनि भूमि सुधार तथा मालपोत कार्यालय जोगिएको छ । एउटै एरियामा रहेको सरकारी वकिलको कार्यालय, सप्तरी जिल्ला अदालत, उच्च अदालत जनकपुर राजविराज इजलास, करसेवा केन्द्र राजविराज, जिल्ला हुलाक कार्यालय, भौतिक पूर्वाधार कार्यालय, सघन सहरी डिभिजन कार्यालय, जिल्ला […]

विकटलाई प्राथमिकता दिँदै गाउँबाटै परिचयपत्र वितरण र आवेदन सङ्कलन

तम्घास(गुल्मी), भदौ ३१ गते ।  राष्ट्रिय परिचयपत्र बनाउन र लिनका लागि ज्येष्ठ नागरिकहरुलाई जिल्ला प्रशासनमा धाउँदा सास्ती भएको भन्दै गाउँमै गएर सेवा प्रवाह गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार भौगोलिक रुपमा विकट भएका पालिकाहरुलाई पहिलो प्राथमिकता दिएर पालिकासँगको समन्वयमा गाउँमै गएर सेवा प्रवाह गरिएको बताउनुभयो । जिल्लाको […]

आन्तरिक राजस्व कार्यालयद्वारा करदाता सेवा सुरु

देवदह (रुपन्देही),  भदौ ३१ गते । रुपन्देहीस्थित आन्तरिक राजस्व कार्यालयले आफ्नो पार्किङस्थलबाट सेवा प्रवाह सुरुआत गरेको छ । भदौ २४ गते भएको तोडफोड र आगजनीबाट कार्यालयमा क्षति पुगेको थियो । प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलले कार्यालयबाट प्रवाह गरिने सेवा कार्यालयकोे पार्किङमा टेन्ट राखेर आइतबारदेखि थालनी गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले अत्यावश्यक सेवा सुरु […]

असोज १ गतेदेखि बिपी राजमार्ग २४सै घण्टा सञ्चालन हुने

काभ्रेपलाञ्चोक,  भदौ ३१ गते ।  यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहनुका साथै दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४सै घण्टा सञ्चालन गर्ने […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल