alliance khabar

मंगलबार, मंसिर ०२, २०८२

लहान, मङ्सिर २ गते ।

लहानस्थित मालपोत कार्यालयको मुख्य प्रवेशद्वारमा गाउँब्लक सङ्घर्ष समिति लहानले गाउँब्लक जग्गा सहमति कार्यान्वयनको माग गर्दै कात्तिक ३० गते आइतबारदेखि धर्नामा बसेको छ । लहान नगरपालिकामा करिब सात हजारको हाराहारीमा गाउँब्लक जग्गा फुकुवा कार्यान्वयन नहुँदा समस्यामा परेका स्थानीय सङ्घर्ष समिति गठन गरी आन्दोलन गर्दै आइरहेका छन् ।

जग्गा फुकुवा कार्यान्वयन प्रव्रिmया अगाडि नबढ्दा बैङ्कबाट वित्तीय कारोबार, जग्गा बिक्रीवितरणलगायतका कार्य ठप्प भएको लहान–९ का नेपाली साहले बताउनुभयो । उहाँले समस्यालाई समाधान गर्न लहान नगरपालिका–६ का पूर्ववडाध्यक्ष अरुण केसीको संयोजकत्वमा सङ्घर्ष समिति गठन गरेर सङ्घर्ष गर्दै आइरहेको बताउनुभयो ।

मालपोत कार्यालय लहानका प्रमुख डमरुप्रसाद निरौला नियमित कार्यालयमा नबस्नाले सङ्घर्ष समितिसँग विगतमा भएको सहमति अनुसार जग्गा अद्यावधिक गर्न कर्मचारी अभाव देखाएपछि लहान नगरपालिकाले कम्प्युटर र दुई जना कर्मचारीसमेत व्यवस्थापन गरिदिए पनि आलटाल गरिरहेकको सङ्घर्ष समितिका संयोजक अरुण केसीले बताउनुभयो । उहाँका अनुसार कात्तिक ३० गते धर्ना कार्यव्रmम, मङ्सिर १ गते रिले अनशन र २ गतेदेखि आमरण अनशनमा बस्ने कार्यव्रmम रहेको छ ।

गाउँब्लक जग्गा फुकुवा कार्यान्वयनका लागि मन्त्रीपरिषद्को निर्णयसमेत भइसकेकाले यसको कार्यान्वयनमा मालपोत कार्यालय लहानका प्रमुख निरौलाले किन आलटाल गरिरहेको बुझ्न नसकेर दबाब दिन आन्दोलन गर्नु परिरहेको लहान–५ का नेपाली कांग्रेसका नेता रामसुन्दर चौधरीले बताउनुभयो । यस समस्यालाई समाधान गर्नका लागि प्रशासनिक पहल गर्न सबै जानकारी लिइसकेको भन्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मालपोत कार्यालय प्रमुख निरौलासँग छलफल गरेर समस्याको चाँडै समाधान गरिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल