alliance khabar

मंगलबार, मंसिर ०२, २०८२

वाशुलिङ (बैतडी), मङ्सिर २ गते ।

 बैतडीको सूर्नया ३ र २ को सिमानामा पर्ने शताब्दीयौँ पुरानो मानिने वाशुलिङ शक्तिपीठमा सोमबार बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको थियो । सङ्कट र कष्टक्लेशका बेला यहाँ दर्शन गरेमात्रै पनि मनोकामना पूरा हुने जनविश्वासले मन्दिर परिसर भरिभराउ बनेको देख्न सकिन्थो ।

कोणधारीजङ्गलको बिचमा शान्त वातावरणमा अवस्थित यो शिवरूपी देवस्थलमा पूजाको समयमा  बिहानैदेखि मन्दिरका पुजारी, धामी, भण्डारे, गाउँ गाउँबाट आएका भक्तजनहरुको पूजा आराधनाले समय समयमा मन्दिर परिसर गुञ्जायमान बन्ने गरेको छ ।

सोमबार बिहानको चिसो हावासँगै धुप दीपधूवाको सुगन्धले मन्दिरपरिसरमा आध्यात्मिक ऊर्जाको अनुभूति भएको सूर्नया ४ का भक्तजन रणबहादुर चन्देले बताउनुभयो । वाशुलिङ शक्तिपीठलाई सङ्कटमा साथ दिने देवताको थलोका रूपमा मानिन्छ र वास्तविक पीडामा परेकाले यहाँ दर्शन तथा पूजा अर्चना गरे मनोकामना  पूरा हुने विश्वास पुस्तौँदेखि रहेको मन्दिरका पुजारी धर्मानन्द भट्टले  बताउनुभयो ।

यो मन्दिर शताब्दीयौँ पूरानो मानिन्छ । यो मन्दिर करिब दुई सय वर्ष अगाडि कोपिढुङ्गा (माटोमिश्रीत) चाँदी र तामाले छाएको सानो आकारको छ । यहाँ बसोबास गर्ने सबै जातजातिका मानिसहरुलाई परम्परागत नियम अनुसार काम, कर्तव्य र अधिकारको बाडफाड गरिएको छ । मन्दिर नजिकै मसानघाट पनि रहेको यदि मसानमा कोही (मुर्धा) प्रेत आयो भने यसमन्दिरमा १३ दिन सम्म पूजाआजा सम्बन्धी कुनै पनि गतिविधि नहुने पुरानो परम्परा अझै आजसम्म पनि जिवित रहेको मन्दिरका धामि पदमराज भट्टले बताउनुभयो ।

यो मन्दिरमा सुतक अथवा (जुठो) नपरेको अवस्थामा पर्व–विशेषमा मात्र नभएर सामान्य दिनमै पनि यहाँ दर्शनार्थीको आवागमन भइराख्ने गर्दछ । तर पूजापाठको समयमा भने झनै बाक्लो भिड हुने गरेको स्थानीय पण्डित राधेश्याम भट्टले बताउनुभयो । मन्दिरका भण्डारे महेश दत्त भट्ट भन्नुहुन्छ, ‘‘यो केवल मन्दिर मात्र नभएर समुदायलाई एक ठाउँमा जोड्ने सांस्कृतिक थलो पनि हो । यहाँ आउनेहरू मनमा शान्ति, भरोसा र नयाँ शक्ति लिएर फर्कन्छन् । मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्व संरक्षणका लागि सूर्नया गाउँपालिकाका बासिन्दा, युवा समूह र मन्दिर व्यवस्थापन समितिले पछिल्लो समय विभिन्न विकास निर्माणदेखि, आन्तरिक सरसफाई जस्ता कार्यहरु गर्दै आएका छन् ।’’

बैतडीकै धार्मिक तथा ऐतिहासिक पहिचान बोकेको  यो शक्तिपीठ आज पनि श्रद्धा र विश्वासको केन्द्रबिन्दु मानिएको छ । वाशुलिङ शक्तिपीठ प्राकृतिक सौन्दर्यले घेरिएको भएकाले पनि पर्यटकीय सम्भावनाका दृष्टिले महत्त्वपूर्ण गन्तव्यका रूपमा समेत हेरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल