आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता हट्ने

काठमाडौँ, फागुन २५ गते । निर्वाचन आयोगले सोमबार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता नरहने बताएको छ । आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईकाअनुसार गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचन र गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वच्छता, निश्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि सो आचारसंहिता लागू […]

झापा–५ का निर्वाचित सांसद शाहद्वारा निर्वाचन खर्च सार्वजनिक

झापा , फागुन २५ गते। झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गर्नुभएको छ । निर्वाचन प्रतिनिधिमार्फत जिल्ला निर्वाचन कार्यालयमा पेस गरिएको विवरणअनुसार शाहले निर्वाचन अभियानका क्रममा कूल रु १४ लाख १४ हजार ७२९ खर्च भएको उल्लेख छ । पेस गरिएको विवरणमा विभिन्न शीर्षकमा खर्च गरिएको रकम समेटिएको छ । […]

इलाम १: कांग्रेसका उम्मेदवार निश्कल राई विजयी

इलाम , फागुन २५ गते  ।  इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई विजयी हुनुभएको छ । राईले १४ हजार ५४३मत प्राप्त गर्नु भएको छ । सूर्योदय नगरपालिका ४ श्रीअन्तुका स्थायी बासिन्दा ३५ वर्षीय राई विजयी भएर यस क्षेत्रमा काङ्ग्रेसले २७ बर्ष  पछि जीत निकालेको छ । राई व्यवस्थापन सङ्कायमा स्नातकोत्तर पूरा […]

शेयर बजारमा उत्साह, ३ पटकको सर्किट ब्रेकसहित कारोबार स्थगित

काठमाडौँ  , फागुन २५ गते । आज नेपाली शेयर बजारका लगानीकर्ताहरू उत्साहित हुँदा बजारको पसिूचकमा उच्च वृद्धि भएको छ । प्रतिनिधिसभा निर्वाचनको परिणामपछि शेयर बजारका लागानीकर्ताहरु उत्साहित हुँदा बजारको कारोबारमा उच्च वृद्धि भएको र लगानकिर्ताहरु पनि लगानीका लागि उत्साहित भएको देखिएको छ । निर्वाचनको मतगणना परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट बहुमत ल्याएको देखिएको छ […]

गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका गुरुङ विजयी

गोरखा , फागुन २५ गते  । गोरखामा फागुन २१ गते भएको निर्वाचनको प्रत्यक्ष तर्फको मतगणना सकिएको छ । गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुदन गुरुङ विजयी हुनुभएको छ । गुरुङले २९९०० मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका प्रेम कुमार खत्रीले १५२४६ मत प्राप्त गर्नुभयो । नेपाली कम्युनिष्ट पार्टीका हरिराज […]

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूद्वारा शपथ ग्रहण

काठमाडौँ ,  फागुन २५ गते।  राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुले आज सपथ लिनुभएको छ । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा विशेष समारोहका बिचमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नव निर्वाचित सदस्यहरूलाई शपथ गराउनुभएको हो । यही फागुन २० मा कार्यकाल सकिएका राष्ट्रिय सभाका १९ सदस्यका लागि गत माघ ११ गते भएको निर्वाचनबाट १८ जना निर्वाचित हुनुभएको थियो […]

ट्रेड युनियन कांग्रेस राष्ट्रिय महिला समितिद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं, फागुन २४ गते। ११६औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय महिला समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ट्रेड युनियन कांग्रेस राष्ट्रिय महिला समिति अध्यक्ष प्रमिला ढुङ्गानाको अध्यक्षतामा “सबै महिला र बालबालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर” भन्ने नाराका साथ काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो। उक्त कार्यक्रमकाे प्रमुख […]

प्रत्यक्ष निर्वाचित १४ नारी

काठमाडौँ, फागुन २४ गते ।  फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक सय ६५ क्षेत्रमध्ये १४ क्षेत्रमा नारी विजयी भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार प्रतिनिधिसभा सदस्यमा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १३ र नेपाली कांग्रेसका एक गरी जम्मा १४ महिला विजयी हुनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुल उम्मेदवार […]

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको राजीनामा

मकवानपुर, फागुन २४ गते । नेकपा (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखेरेलले पार्टी सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पराजय र पार्टी गतिविधिप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष पदबाट राजीनामा दिनुभएको छ । उहाँले आगामी दिनमा पार्टीलाई जीवित र सुदृढ राख्न वर्तमान यथार्थलाई आत्मसात् गर्दै जिम्मेवारी लिनुपर्ने भन्दै अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो । पोखरेलले सामाजिक सञ्जाल फेसबुकबाट […]

भोजपुरमा श्रम संस्कृतिका ध्रुवराज निर्वाचित, एमालेका शेरधन पराजित

भोजपुर, फागुन २४ गते ।  भोजपुरबाट प्रतिनिधिसभा सदस्यमा श्रम संस्कृति पार्टीका ध्रुवराज राई निर्वाचित हुनुभएको छ। उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का शेरधन राईलाई एक हजार ९१३ मतान्तरले पराजित गर्नुभएको हो। ध्रुवराज राईले १६ हजार ६६३ मत पाउँदा उहाँका प्रतिस्पर्धी शेरधन राईले १४ हजार ७५० मत प्राप्त गर्नुभएको छ। तेस्रो स्थानमा रहनुभएका नेपाली कांग्रेसका बालकृष्ण […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ