काठमाडौँ, भदौ ७ गते स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले ‘क’ वर्गका १४ वटा प्रयोगशालाको अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा ‘क’ वर्गका प्रयोगशालामध्ये केही मापदण्डविपरीत सञ्चालन भएको पाइएको थियो। स्वास्थ्यमन्त्री बस्नेतले नयाँ बानेश्वरस्थित अल्फा किएर एन्ड डाइग्नोस्टिक सेन्टर र सुरिया हेल्थकेयर प्रयोगशालाको अनुगमन गर्नुभएको हो। बुधबार अनुगमन भएका ‘क’ वर्गका प्रयोगशालामध्ये भक्तपुर १, काठमाडौँ १२ र […]
काठमाडौँ, भदौ ७ गते पेट्रोलियम पाइपलाइन परियोजना र भण्डारण गृह निर्माण प्रक्रिया अगाडि बढाउन व्यापार टु व्यापार सम्झौता गर्न लागिएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पाेरेसन (आइओसी) बिच दोस्रो चरणको पाइपलाइन निर्माण कार्य अगाडि बढाउन बिटुबी सम्झौता गर्न लागिएको हो । यसअघि गत जेठ महिनामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका […]
काठमाडौँ, भदौ ७ गते चालुु आर्थिक वर्षको पहिलो साउन महिनामा एक खर्ब २९ अर्ब रुपियाँको सामान आयात हुँदा १३ अर्ब रुपियाँको सामान निर्यात भएको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनमा निर्यात ८.६५ प्रतिशतले घटेको छ । गत वर्ष साउनमा १४ अर्ब ८० करोड ९७ लाख रुपियाँ बराबरको निर्यात भएकामा अहिले घटेर १३ […]
बिर्तामोड, भदौ ७ गते झापामा कुटी काट्ने मेसिनबाट करेन्ट लागेर श्रीमानको मृत्यु भएको छ, भने श्रीमती घाइते हुनुभएको छ । करेन्ट लागेर मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका– ९ निवासी २४ वर्षीय अमृत रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । प्रहरीका अनुसार बुधवार दिउँसो साढे २ बजेको समयमा आफ्नै […]
वालिङ, ७ भदौ दलित समुदायको बाक्लो बस्ती भएको गाउँ हो ‘छाप्राक’ । गाउँमाथि राते पहरो छ । यही पहराका कारण छाप्राक जोखिममा छ । गाउँलेको एउटै पिरलो छ, कतिबेला के पो हुन्छ ? पानी पर्दा होस् या पानी बिसाएपछिको चर्को घाम लाग्दा होस् । उनीहरुलाई उही राते पहराले निदाउन दिँदैन । छाप्राकको बस्तीमा केही दिन […]
काठमाडौँ ६ भदौ सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले जारी गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि अब तीन वर्षको हुने भएको छ । यसअघि यो प्रमाणपत्रको अवधि एक वर्षको हुँदा राजधानीभन्दा बाहिरका पत्रकारलाई समस्या पर्दै आएको थियो । विभागबाट जारी भएका प्रेस प्रतिनिधि प्रमाणपत्र एक वर्षको अवधिका लागि कायम रहने र प्रत्येक वर्ष […]
काठमाडौँ, ६ भदौ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले चन्द्रमाको सतहमा चन्द्रयान–३ को सफल अवतरण गराउन सफल भएकामा बधाई दिनुभएको छ । उहाँले आज ट्वीट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारत अन्तरिक्ष अनुसन्धान संस्था (आइएसआरओ) का सम्पूर्ण वैज्ञानिकलाई बधाई दिनुभएको हो । प्रधानमन्त्री दाहालले चन्द्रयानको सफल अवतरणबाट विज्ञान र अन्तरिक्ष प्रविधिमा ऐतिहासिक उपलब्धि भएको बताउनुभएको […]
काठमाडौँ, ६ भदौ नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले भारतको चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिनुभएको छ । पूर्वप्रधानमन्त्री ओलीले चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भएलगत्तै सामाजिक सञ्जालमार्फत बधाई दिनुभएको हो । भारतले अन्तरिक्षमा पठाएको मानवरहित यान आज साँझ ६ बजे चन्द्रमामा अवतरण गरेको छ । “आज […]
काठमाडौँ, ६ भदौ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको चन्द्रयान–३ चन्द्रमामा अवतरण गर्न सफल भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र त्यहाँका जनतालाई बधाई दिनुभएको छ । भारतले चन्द्रयान–३ चन्द्रमामा अवतरण गराउन सफल भएलगत्तै पूर्वप्रधानमन्त्री सभापति देउवाले सामाजिक सञ्जालमार्फत बधाई दिनुभएको हो । भारतले अन्तरिक्षमा पठाएको मानवरहित यान बुधबार साँझ ६ बजे चन्द्रमामा अवतरण गरेको छ […]
काठमाडौँ, ६ भदौ नेपाली कांग्रेसका नेता डा राजाराम कार्कीको निधन भएको छ । कांग्रेस पूर्वकेन्द्रीय सदस्य एवं बागमती प्रदेशका पूर्वप्रदेशसभा सदस्य कार्कीको आज साँझ ५ बजे ६६ वर्षको उमेरमा वीर अस्पतालमा निधन भएको हो । लामो समयदेखि क्यान्सर रोगबाट पीडित डा कार्कीको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको डा कार्कीका छोरा डा अमितसिंह कार्कीले जानकारी […]