विराटनगर, कात्तिक २४ गते । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्रका कुनै पनि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ बिक्रीवितरण र सेवन गर्न नियन्त्रण र निषेध गर्ने ऐन २०८० जारी गरेको छ । स्थानीय राजपत्रमा प्रकाशित गर्दै महानगरपालिकाले १२ औँ नगर सभाबाट जारी ऐनलाई कार्यान्वयनमा ल्याउँदै सुर्तीजन्य पदार्थ बिक्रीवितरण र सेवनमा निषेध गरेको हो । प्रकाशित ऐन अनुसार अब विराटनगर महानगरपालिका क्षेत्रको […]
कुस्मा (पर्वत), कात्तिक २४ गते । पर्वतको पैयुँ गाउँपालिकास्थित डुडे खरीबोट फाँटमा वडाध्यक्षको अगुवाइमा व्यावसायिक तरकारी खेती गर्न थालिएको छ । गाउँको खेतीयोग्य जमिन बाँझो भएपछि वडाध्यक्षकै अगुवाइमा २० रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती सुरु गरिएको हो । गाउँघरमा युवा रोजगारीका लागि अन्यत्र जाने र गाउँका मानिससमेत बसाइ सरेर अन्यत्र जाँदा मलिलो खेतीयोग्य जमिन बाँझो रहेको थियो । सिँचाइको […]
चितवन, कात्तिक २४ गते । भरतपुरको ठिमुरामा रहेको चितवन मिल्कका चिस्यान केन्द्र र गोदाम सबै दुग्धजन्य पदार्थले भरिएका छन् । बढीमा दुई दिन उत्पादन हुने वस्तुको भण्डारण गर्न सक्ने क्षमता उद्योगसँग छ । उद्योगका चिस्यान केन्द्रको प्यासेजसमेत दुग्धजन्य पदार्थले भरिएका छन् । यो उद्योगमा सहकारी र डेरी उद्योगले प्रशोधनका लागि ल्याएको दूध प्रशोधन गरेर पाउडर र […]
पोखरा, कात्तिक २३ गते । पर्यटकीय सहर पोखरास्थित लेकसाइडका व्यवसायी उच्च अदालत पोखराको आदेशपछि उत्सुाहित भएका छन् । अदालतले पर्यटकीय नगरी पोखराको मुख्य केन्द्र लेकसाइड चौबीसै घण्टा खोल्न बुधबार आदेश दिएसँगै उनीहरुमा खुसी छाएको हो । उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले लेकसाइडमा भएका व्यापार व्यवसाय चौबीसै घण्टा खोल्न दिन जिल्ला […]
लेखनाथ, कात्तिक २२ गते । पोखरामा एटिएम मेसिन तोडफोडको प्रयास गर्ने एक भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा ८, सभागृहचोक नजिकै रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोडको प्रयास गर्ने भारतको बिहार प्रदेश मोतिहारी घर भई हाल पोखरा–९, नयाँबजार बस्दैआएका २० वर्षीय बबी ठाकुरलाई प्रहरीले मङ्गलबार राति पक्राउ गरेको हो । ठाकुर नयाँबजारस्थित […]
हेटौँडा, कात्तिक २२ गते । बागमती प्रदेश सरकारले प्रदेशभित्रका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुलाई बस खरिदमा अनुदान दिने भएको छ । प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८०–८१ को सामुदायिक विद्यालयलाई बस खरिदमा अनुदान कार्यक्रम अन्तर्गत प्रदेशको शिक्षा विकास निर्देशनालय र विद्यालय व्यवस्थापन समितिबीच बुधबार हेटौँडामा आयोजित कार्यक्रममा विद्यालय बस खरिदमा अनुदानका लागि सम्झौता भएको हो । निर्देशनालयका […]
काठमाडौँ, कात्तिक २३ गते । राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका रेशम चौधरी र राष्ट्रपति कार्यालयको विरुद्ध दायर भएको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै छ । टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर केशव बोहोराका पत्नी शारदा कठायतले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुन लागेको हो । गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते राष्ट्रपति रामचन्द्र पौडेलले […]
काठमाडौँ, कात्तिक २३ गते । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिव वाङ छुङछेङ लगायतको टोली सहभागी थियो । भेटमा दुई देशबीचको आपसी सहकार्य र आपसी हितका बारेमा छलफल भएको बताइएको छ ।
हुम्ला, कात्तिक २३ गते । चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा पहिलो पटक आँखा शिविर सन्चालन भएको छ । एक दिन सञ्चालन भएको उक्त शिविरबाट दश जना ७० वर्ष माथिका ज्येष्ठ नागरिकको मोतिया बिन्दुको शल्यक्रिया सफल भएको छ भने अन्य आँखा र सामान्य बिरामीको समेत उपचार गाउँमै चिकित्कसले गर्नु भएको हो । लिमी […]
सर्लाही, कात्तिक २२ गते । सर्लाहीको गोडैता नगरपालिका–८, सिसौटियामा मङ्गलबार राति ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बाँस लोड गरिएको ना ५ त ६१८२ नम्बरको ट्याक्टर गाउँको भित्री सडकमा अनियन्त्रित भई पल्टिँदा ट्याक्टरका मालिक समेत रहनुभएका चालक गोडैता नगरपालिका–७, का ४० वर्षीय अशेश्वर पटेल र सह–चालक गोडैता नगरपालिका–८, का २८ वर्षीय शङ्कर पटेलको […]