काठमाडौँ, भदौ २३ गते । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । नियमित कार्यसूची तथा आज भएको ‘जेनजी’ पुस्ताको आन्दोलन र हिंसात्मक घटनालगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक आह्वान गर्नुभएको उहाँको सचिवालले जनाएको छ । मन्त्रिपरिषद्को बैठकअघि सम्पन्न राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले पछिल्लो सुरक्षा स्थितिका विषयमा सम्बन्धित […]
काठमाडौं, भाद्र २२ गते । नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय समितिको आठौं बैठक काठमाडौँमा सम्पन्न भएको छ। बैठकमा नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका सम्पूर्ण पदाधिकारी, ट्रेड युनियन कांग्रेसका केन्द्रीय समितिका सदस्यहरू, सातवटै प्रदेश समितिका अध्यक्षहरू, २७ वटै आबद्ध सङ्घका अध्यक्षहरू, महिला समिति तथा युवा समितिका अध्यक्षसहितको उपस्थितिमा बैठक सम्पन्न भएको हो। बैठकमा महासङ्घका महासचिव […]
काठमाडौं,भदाै २१ गते । नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिको बैठक आज देखि काठमाडौंमा सुरु भएको छ। यो बैठकले संगठनको भावी रणनीति र कार्ययोजनालाई मूर्त रूप दिने गरि विभिन्न ९ वटा प्रमुख एजेन्डाहरूमा छलफल गर्ने भएको छ। संगठनिक गतिविधि लाइ प्रभावकारी बनाउन संगठनको विस्तार र बलियो बनाउने योजनामा छलफल हुने बताइएको छ । बैठकमा बार्षिक […]
धनगढी, भदौ २० गते । कैलालीको कैलारी गाउँपालिकास्थित सप्तरङ्गी लघुउद्यमी समूहका महिलालाई ढकिया लगायतको हस्तकलाका सामग्री बनाउन भ्याइ नभ्याई भएको छ । परम्परागत सीपबाट बनाइएको ढकिया, डेलुवा, डोकोलगायतको सामग्रीका व्यापार चम्केपछि उनीहरुलाई त्यस्ता सामग्री बनाउन भ्याइ नभ्याइ भएको हो । उद्यमी महिलाले हस्तकलाका सामग्री उत्पादन गरेर काठमाडौंं पठाउने गरेका छन् । फुटकरभन्दा पनि थोक व्यापार […]
ललितपुर, भदौ २० गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाविधेशनको पहिलो दिन आज विभिन्न प्रतिवेदन प्रस्तुत गर्दै सम्पन्न भएको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित आजदेखि ललितपुर, गोदावरीस्थित सनराइज हलमा सुरु भएको विधान महाधिवेशनमा विभिन्न चार वटा प्रतिवेदन प्रस्तुत गरिएको एमाले प्रचार […]
वाशुलिङ (बैतडी), भदौ २० गते । भदौको अन्तिमसाता भएसँगै बैतडीका गाउँबस्तीमा मकै थन्क्याउने चटारो भएको छ । बिहानैदेखि खेतबारीमा मकै टिप्ने, डोको नाम्लो बोकेर किसानहरु घरका आँगनमा ल्याउने, दाना छुट्याउने र घरघरमा मकैको टव्वा (लुटा) झुन्ड्याउने कामले गाउँको वातावरणनै सोभायमान बनेको छ । खेतभरि पाकेको र पकक्दै गरेको मकै वर्षाले भित्र्याउन नदिने हो कि भन्ने […]
म्याग्दी, भदौ २० गते । म्याग्दी जेसीजको आयोजनामा हुने अन्तरमाध्यमिक विद्यालय(कक्षा १० सम्म) स्तरीय फुटबल प्रतियोगिताको २३ औं संस्करण आगामी मङ्सिर ८ देखि १३ गतेसम्म हुने भएको छ । एभरेष्ट ग्लोबल एजुकेसन भिसा सर्भिस मुख्य प्रायोजक रहेको प्रतियोगितबारेमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी म्याग्दी जेसीजले जानकारी गराएको हो । २२ औं संस्करणदेखि प्रायोजन सम्झौता गरेको […]
कञ्चनपुर, भदौ २० गते । शुक्लाफाँटा नगरपालिका–४ असैनामा रु एक करोड ६७ लाख ७९ हजारको लागतमा न वडा कार्यालय भवन निर्माण गरेको छ । तीनतले भवनमा एक प्रेक्षालयसहित सातवटा कोठा छन् । भवन प्रदेश सरकार र नगरपालिकाको लागत साझेदारीमा निर्माण भएको वडाध्यक्ष कमल ठकुल्लाले जानकारी दिनुभयो । केही दिनभित्रै नयाँ भवनबाट सेवा प्रारम्भ हुने उहाँले […]
दमौली (तनहुँ), भदौ २० गते । भिमाद नगरपालिका–१ डुम्रीबेँसीमा रु ३२ लाख ४५ हजारको लागतमा चारकोठे आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण भएको छ । सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदान गरेको रकमबाट भवन निर्माण गरिएको वडासदस्य दयाराम श्रेष्ठले जानकारी दिनुभयो । केन्द्रबाट भिमाद नगरपालिका–१ डुम्रीबेँसी, घिरिङ गाउँपालिका–२, स्याङ्जाको हरिनास, चापाकोटका सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुनेछन् । […]
नवलपुर, भदौ २० गते । नवलपुरमा जापनीज इन्सेफ्लाइटिसबाट तीन जनाको मृत्यु भएको छ । १४ जना सङ्क्रमित भएका छन् । संक्रमितमध्ये दुई जना अझै पनि अस्पतालमै उपचाररत छन् भने बाँकी निको भएर घर फर्केका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका ल्याव टेक्निसियन निरीक्षक डिल्लीराम तिवारीका अनुसार मृत्यु हुनेमा हुप्सेकोट–१ की १३ वर्षीया बालिका, मध्यविन्दु–१ […]