काठमाडौँ, असोज २ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान अन्तरिम सरकारको मुख्य जिम्मेवारी नै २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउनु रहेकाले अर्जुनदृष्टिका साथ अगाडि बढेको बताउनु भएको छ । मन्त्री पद सम्हालेपछि चौथो दिन कान्तिपथस्थित निर्वाचन आयोगको मुख्यालयमा आयोगका पदाधिकारी तथा सञ्चारकर्मीलाई सम्बोधन गर्दै गहृमन्त्री अर्यालले भन्नुभयो, ‘‘निर्वाचनको तयारी द्रुत गतिमा हुन्छ, […]
काठमाडौं, असोज २ गते । अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको भेटमा प्रधानमन्त्री कार्कीले नेपाल–चीनबीच दुईपक्षीय सम्बन्ध ऐतिहासिक एवं घनिष्ठ रहेको र एक चीन नीतिप्रति नेपाल सदैव प्रतिबद्ध रहेको बताउनुभयो । सो अवसरमा प्रधानमन्त्री कार्कीले आगामी दिनमा व्यापार, […]
काठमाडौं, असोज २ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोग र राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८१-०८२ को वार्षिक प्रतिवेदन पेश गरेका छन् । राष्ट्रपतिको कार्यालयमा आज आयोजित छुट्टाछुट्टै कार्यक्रममा नेपालको संविधानको धारा २९४ बमोजिम ती दुई आयोगले आ–आफ्नो आयोगको प्रतिवेदन पेश गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा आज यहाँ जारी विज्ञप्तिमा उल्लेख छ । मधेसी आयोगका […]
उर्लाबारी, असोज २ गते । गत भदौ २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा मोरङको कानेपोखरी गाउँपालिकामा चार करोड नौ लाख ९७ हजार ८५९ रुपियाँ बरावरको क्षति भएको छ । बिहीबार कानेपोखरी गाउँपालिकाले सर्बदलीय छलफल राखेर क्षतिको विवरण सार्वजनिक गरेको छ । प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले १४ लाख रुपियाँको औषधि उपकरण, पूर्वाधारतर्फ पाँचवटा वडा […]
काठमाडौँ, असोज २ गते । सर्वोच्च अदालतको प्रवेशद्वारदेखि सबैले जलेको भवन प्रष्ट देख्न सक्छन् । अगाडि पुरै जलेका सवारी साधनको थुप्रो छ । आधा जलेका र भाँचिएका टेबल कुर्सी असरल्ल छन् । कर्मचारी बस्ने ठाउँ छैन । धेरै कर्मचारीको मुहार अझै खुल्न सकेको छैन । असरल्ल जलेको गाडीकै अगाडि एक छेउमा पाल टाँगिएको छ । […]
इनरुवा (सुनसरी), असोज २ गते । यहाँको भोक्राहा नरसिंह गाउँपालिका–३ पुल्चोकमा आज बसले रोकिराखेको ट्रकलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०२–००२ ख ०९४९ नम्बरको यात्रुवाहक बसले बिग्रिएर सडक छेउमा रोकी राखेको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर […]
नेपालगन्ज, असोज २ गते । जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते बाँके जिल्लाका विभिन्न सरकारी कार्यालय र स्थानीय तहमा गरिएको आगजनी र तोडफोडबाट तीन सयभन्दा बढी सवारी साधन नष्ट भएका छन् । नष्ट भएका सवारी साधनहरुमा मोटरसाइकल धेरै रहेको विभिन्न कार्यालयबाट प्राप्त भएको तथ्याङ्कबाट जानकारी भएको छ । विभिन्न समयमा पक्राउ गरेर नेपालगन्ज भन्सार कार्यालयमा […]
मुक्तिनाथ (मुस्ताङ), असोज २ गते । जेनजी प्रदर्शनमा ज्यान गुमाउनेको शोकमा थाक खेलकुद तथा सांस्कृतिक विकास सङ्घको गरेको ५२ औं संस्करणको खेलकुद तथा सांस्कृतिक कार्यक्रम स्थगित भएको छ । थासाङ गाउँपालिका–३ लेतेमा आगामी असोज ९ देखि ११ गतेसम्म हुने प्रतियोगितामा आन्दोलनको क्रममा ज्यान गुमाउनेको सम्झना तथा घाइतेको स्वास्थ्य लाभको कामनासहित प्रतियोगिता स्थगित गरिएको सङ्घका अध्यक्ष […]
काठमाडौं, असोज ३ गते । भ्रष्टाचार विरुद्ध, सुशासन तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा जारी आन्दोलनलाई सम्बोधन गर्नुपर्ने माग राख्दै १५ जना नागरिक समाजका प्रतिनिधिहरूले आज राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्रमा हालको अस्थायी सरकारलाई आन्दोलनका मुद्दा सम्बोधन गर्ने दिशामा अघि बढ्न सुझाव दिइएको छ। ूभ्रष्टाचार नियन्त्रण, अभिव्यक्ति स्वतन्त्रता, पारदर्शी शासन व्यवस्था र समयमै निर्वाचन […]
फुङलिङ, असो २ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले दसैँअघि कुनैपनि प्रकारको भुक्तानी गर्न नसक्ने जनाएको छ । जेनजी आन्दोलनका नाममा केही समूहले कार्यालय तोडफोड र अत्यावश्यक कागजात समेत लिएर गएको भन्दै कारण दसैँअघि कुनै पनि प्रकारको भुक्तानी गर्न नसक्ने जनाएको हो । गाउँपालिका र गाउँपालिकाका कर्मचारीहरूले बिहीबार एक विज्ञप्ति जारी गर्दै दसैँअघि कुनैपनि भुक्तानी गर्न […]