काठमाडौँ, ५ भदौः नेपालमा भ्रष्टाचार सामाजिक महारोगका रुपमा देखिएको छ । भ्रष्टाचारले समाजमा गहिरो रूपमा जरा गाडेको छ । यसले सामाजिक मान्यता पाएको आभाष हुनु निकै पीडादायी छ । यथार्थमा मुलुकमा सुशासन प्रवद्र्धन गर्न मुख्य अवरोधका रुपमा भ्रष्टाचार रहेको छ । यसका कारण भ्रष्टाचार नियन्त्रण गरी सुशासन, सदाचार र विधिको शासन कायम गर्न जारी […]
भरतपुर (चितवन), ५ भदौ : नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँच/छ घण्टालाग्ने भएको छ । सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिनुभयो । “हिजो राति १० बजेदेखि लगातार पहिरो […]
त्रिवेणी (नवलपरासी), ५ भदौ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौँका लागि छुटेको सुपप्र०१–००१ख २९८६ नम्बरको बस ‘बे्रक फेल’ भएर सडक छेउमा पल्टिएको हो । विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित घ्युखोलामा आज […]
भक्तपुर, ४ भदौ मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहमा आज प्रहरी र बन्दीबीच भएको झडपमा २९ घाइते भएका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले राति ९ बजे घटनामा घाइते र क्षतिको अन्तिम विवरण आएको जानकारी दिँदै सुरक्षाकर्मीतर्फ १९ र बन्दीतर्फ १० घाइते भएको बताउनुभयो । घाइते प्रहरीमध्ये थिमि वृत्तका प्रहरी निरीक्षक […]
काठमाडौँ, ४ भदौ नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठकले तत्कालीन नेकपा (एमाले) बाट आफूहरूले गरेको विद्रोहबाट देशको संविधान, सङ्घीयता र राजनीतिक परिवर्तनको रक्षार्थ सहयोग पुगेको निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले अहिलेसम्मका सबै घटनाक्रम र प्रवृत्तिबाट उक्त विद्रोहको औचित्य सावित भइसकेको ठहर गरेको हो । पार्टी स्थापनादेखि अहिलेसम्मका राजनीतिक विकासक्रम […]
काठमाडौँ, ४ भदौ मुलुकको हवाई उडानलाई थप सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले १०औँ संस्करणको ‘एभिएसन सेफ्टी क्याम्पेन’ सुरु भएको छ । वायु सेवा सञ्चालक सङ्घ नेपालले आयोजना गरेको चारदिने क्याम्पेनमा सुरक्षा प्रणाली सुधारका लागि सैद्धान्तिक र व्यावहारिक ज्ञान आदानप्रदान गरिने छ । कार्यक्रमको आज उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर […]
वीरगञ्ज, ४ भदौ परराष्ट्रमन्त्री एनपी साउदले स्थानीय तहलाई भौतिकरूपमा सुविधा सम्पन्न बनाउन सकिए जनताले पनि सहजरूपमा सेवा पाउने बताउनुभएको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास कार्यक्रममा आज मन्त्री साउदले जनताको सबैभन्दा नजिकको सरकार भएकाले स्थानीय तह जति सुविधा सम्पन्न भए जनताले त्यति नै सहजरूपमा सेवा सुविधा पाउने बताउनुभयो । स्थानीय तहलाई भौतिकरूपमा […]
गण्डकी, ४ भदौ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी वर्ष योजना बैंकमार्फत छनोट भएका योजनामा बजेट विनियोजन गरिने बताउनुुभएको छ । प्रदेश समन्वय समितिको बैठकमा उहाँले स्थानीय तह, जिल्ला समन्वय समिति र प्रदेशको समन्वयमार्फत छनोट भएर आएका योजनामा बजेट विनियोजन गरिने बताउनुुभयो । “कुन योजना स्थानीय तह, कुन प्रदेश र कुन सङ्घले गर्ने भन्ने छनोट […]
मनहरी (मकवानपुर), ४ भदौ बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले रोजगारी सिर्जना गर्नु नै सरकारको मुख्य लक्ष्य रहेको बताउनुभएको छ । आज प्रदेश श्रम तथा रोजगार नीति, २०८० सार्वजनिक गर्दै उहाँले संविधानको मर्ममा रहेर प्रदेश श्रम तथा रोजगार नीति तयार पारिएको बताउनुभयो । “श्रमको अधिकार प्रदेशमा खासै छैन तर पनि भएको अधिकारलाई प्रयोग गर्न नीति […]
काठमाडौँ, ४ भदौ नेकपा (एमाले) ले यही भदौ ९ गते सचिवालय बैठक डाकेको छ । एमालेले यसपटकको सचिवालय बैठकले काठमाडौँ उपत्यकाबाहिर राखेको छ । तत्कालीन नेकपा (माले)को चौथो महाधिवेशन भएको स्थल सिराहाको विष्णुपुरकट्टीमा सचिवालय बैठक राखेको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँले बैठकको बेला नै कम्युनिष्ट पार्टी स्थापना भएको ७५ वर्ष […]