करिब डेढ वर्षअघि अर्थात् विसं २०७९ को निर्वाचन परिणामपश्चात् संसद्ले नेपाली कांग्रेस र नेकपा एमालेबिचको समझदारी खोजेको थियो । लगभग एक वर्षदेखि कांग्रेसका नेता डा. शेखर कोइराला पनि यी दुई दल मिलेर देशलाई निकास दिनु पर्छ भन्दै आउनुभएको थियो । कांग्रेस र एमालेबिचमा सहमति कायम भएको छ तर यो सहमति देश र जनताका लागि गरिएको […]
नेपालगन्ज, असार ३० गते : बाँके जिल्लालाई पूर्णखोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्रकुमार पुनले पूर्णखोप दिगोपना सुनिश्चितता जिल्लाको प्रमाणपत्र जिल्ला खोप समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र बहादुर चौधरी र स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीलाई संयुक्त रुपमा प्रदान गरेर पूर्णखोप दिगोपना जिल्ला घोषणा गर्नुभयो । सो अवसरमा बोल्नुहुँदै […]
काठमाडौँ, असार ३० गते : निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क नबिल बैङ्क लिमिटेड शुव्रmबारदेखि ४० वर्ष पूरा गरी ४१ औँ वर्षमा प्रवेश गरेको छ । २०४१ सालमा स्थापना भएर नेपाल राष्ट्र बैङ्कबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त यो बैङ्क नेपालको पहिलो विदेशी बैङ्कको संयुक्त लगानीमा आएको निजी बैङ्क पनि हो । आव २०४१/४२ को वार्षिक बजेटमार्फत वित्तीय क्षेत्रको सीमित […]
सर्लाही, असार ३० गते : सर्लाहीमा लगातारको वर्षाले जनजीवन प्रभावित भएको छ । यहाँ केही दिनदेखि निरन्तर परिरहेको झरीका कारण बाहिर निस्किएर काम गर्नुपर्ने र यात्रा गर्नुपर्नेले असाध्यै सास्ती खेपिरहेका छन् । लगातार ठुलो पानी परिरहँदा सर्लाहीमा ठाउँ ठाउँमै सडक, नाला, तटबन्ध भत्किरहेका छन् । भित्री कच्ची सडक असाध्यै खराब हुँदा आउजाउमा समस्या भइरहेको छ । चन्द्रनगरबाट भेल्ही हुँदै सदरमुकाम मलङ्गवा […]
मेष– अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनत गर्दा सफलता प्राप्त होला । व्यवसायका लागि यात्रा सम्भावना छ, दाम्पत्य जीवन सुखद रहला । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। वृष– अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला । यसले आफ्नो स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ। उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । साथै सामान्य […]
काठमाडौं, असार २९ गते । नेपाली कांग्रेसले योगदान, योग्यता, समावेशिता र प्रादेशिक सन्तुलनको आधारमा मन्त्री चयन गर्ने काँग्रेसको निर्णय गरेको छ । शनिबार पार्टी मुख्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री चयनका लागि योगदान र योग्यतामा आधारित मापदण्ड तय गरेको […]
काठमाडौँ, असार २९ गते । प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिँदै गरेका छ नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले आज विभिन्न स्थानमा भएको परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिनुभयो । उहाँका अनुसार रित शाहीको नाममा परीक्षा दिँदै गरेका […]
काठमाडौं, असार २९ गते । आइतबार नयाँ प्रधानमन्त्रीको नियुक्ति हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्धारण गर्नुभएको आइतबारको समयसीमा पछि प्रधानमन्त्रीको नियुक्ति हुने छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले भन्नुभयो, ‘‘भोलि दिइएको समय सीमापछि मात्र नियुक्ति प्रक्रिया र शपथको प्रक्रिया अगाडि बढ्छ ।’’ राष्ट्रपति पौडेलले आइतबार साँझ ५ बजेसम्मका लागि प्रधानमन्त्रीमा दावी पेश […]
काठमाडौँ, असार २९ गते । नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषय समेटिएको ३९ बुुँदे सुझाव नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पेस गरेको छ । चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले आर्थिक र वित्तीय क्षेत्रलाई चलायमान बनाउन सहयोग पुग्ने गरी ३९ बुुँदे सुझाव गभर्नर अधिकारीलाई बुझाउनुभएको हो । चेम्बर अफ कमर्सले गभर्नर अधिकारीको उपस्थितिमा […]
काठमाडौँ, असार २९ गते । दिगो विकासको लक्ष्य हासिल गर्न बैङ्कले थप लगानी बढाउँदै जानुुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नबिल बैङ्कको ४० औँ वार्षिकोत्सवको अवसरमा शुुक्रबार आयोजित ‘दिगो विकासमा बैङ्कको भूमिका’ विषयक अन्तव्रिर्mया कार्यक्रममा सहभागीले बैङ्कले आगामी दिनमा थप लगानी बढाउँदै जानुुपर्र्ने बताएका हुन् । बैङ्कका अध्यक्ष उपेन्द्र पौडलेले बैङ्कले दिगो विकासमा लगानी गरिरहेकाले […]