जलविद्युत विकासमा कानुनी जटिलता हटाउन विशेष पहल

काठमाडौँ भाद्र ५ गते । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका माननीय मन्त्री दीपक खड्का र राज्य मन्त्री पूर्ण ब. तामाङ (कान्छाराम) ज्युको विशेष पहलमा नेपालको जलविद्युत निर्माणमा रहेका ऐन, कानुन लगायतका तमाम समस्या समाधानका निमित्त कानुनी जटिलता हटाउन र आवश्यक समन्वय गर्न महत्वपूर्ण बैठक सम्पन्न भएको छ। उक्त बैठकमा बन तथा वातावरण मन्त्री माननीय ऐन […]

राष्ट्रिय सभा अध्यक्ष दाहालसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौँ, भदौ ५ गते। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि चिनियाँ राजदूत छेन सोङले शिष्टाचार भेट गर्नुभएको छ। राजदूत सोङले बुधबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको हो। भेटमा द्विपक्षीय साझेदारी, आपसी सहयोग र सम्बन्धका विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ। सो भेटमा अध्यक्ष दाहालले नेपाल र चीनबिचको सम्बन्ध बर्सौँ पुरानो भएको […]

धितोपत्र बोर्ड नेतृत्वविहीन हुनुहुँदैन : अर्थमन्त्री पौडेल

काठमाडौँ, भदौ ५ गते। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र बोर्डको अध्यक्ष चाँडै नियुक्ति हुने बताउनुभएको छ। बुधबार स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) ले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले धितोपत्र बोर्ड अब लामो समय नेतृत्व विहीनको अवस्थामा नरहने बताउनुभएको हो। उहाँले बोर्डमा लामो समयदेखि अध्यक्ष नहुँदा धेरै काम रोकिएको भन्दै सरकारले बोर्डको नेतृत्व चाँडै […]

अठतिस नेपालीद्वारा नागरिकता परित्याग

स्याङ्जा, भदौ ५ गते । स्याङ्जामा आर्थिक वर्ष २०८०/८१ मा ३८ जना नेपाली नागरिकले नागरिकता परित्याग गरेका छन् । नागरिकता परित्याग गर्नेमा पुरुष र महिला दुवै छन् । नेपाली नागरिकता परित्याग गरेर सबैभन्दा धेरै १० जनाले अमेरिकी नागरिकता र १० जनाले अस्टे«लियन नागरिकता प्राप्त गरेका छन् । हङकङ छ, बेलायत चार, जर्मन तीन, न्युजिल्यान्ड र पोर्चुगल दुई/दुई तथा […]

पैँसट्ठी हजारलाई फेरि लालपुर्जा

सन्धिखर्क, भदौ ५ गते । अर्घाखाँचीमा ६५ हजार जग्गाधनीलाई पुनः लालपुर्जा वितरण भएको छ । २०६१ फागुन २० गते तत्कालीन नेकपा माओवादीले सदरमुकाम सन्धिखर्कमा आक्रमण गर्दा नापी र मालपोत कार्यालयका सम्पूर्ण लालपुर्जा, नक्सालगायतका कागजात जलेर नष्ट भएपछि जग्गाको पुनः नापजाँच गरी लालुपर्जा वितरण गरिएको हो । २०६८ सालमा विशेष नापी कार्यालय स्थापना गरी जिल्लाका जग्गा नाप जाँच […]

गट्ठाघर दुर्घटना ट्रकचालकको लापर्बाही

काठमाडौँ, भदौ ५ गते । भक्तपुरको गट्ठाघरमा साउन ३१ मा ट्रकले स्कुटरलाई ठक्कर दिएको घटनाबारे छानबिन समितिले ट्रकचालकको लापर्बाहीका कारण दुर्घटना भएको निष्कर्ष निकालेको छ । बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा ओखलढुङ्गाको चिसङ्खुगढी–४ का उत्तम कोइरालाको घटनास्थलमा नै मृत्यु भएको थियो । प्रहरी उपरीक्षक प्रजित केसी […]

पालिकाले खटायो बाँदर हेरालु

तम्घास, भदौ ५ गते । गुल्मीमा बाँदरले हैरान बनाएपछि हेरालुको व्यवस्था गरिएको छ । बारीमा लगाएको मकै खेती जोगाउन कृषकलाई मुस्किल भएपछि रेसुङ्गा नगरपालिकाले खेती जोगाउन हेरालुको व्यवस्था गरेको हो । स्थानीय शान्ता मरासिनीले आफूहरूले दुःखसुख गरी लगाएको मकै बाली बाँदरबाट जोगाउन साह्रै समस्या भएको बताउनुभयो । एकाबिहानै बारीमा बाँदर आउने र धपाउन जाँदा उल्टै आफैँलाई झम्टन्छ कि […]

अठार स्थानीय तहमा विद्युत् पुग्न बाँकी

काठमाडौँ, भदौ ५ गते । नेपालका ७५३ स्थानीय तहमध्ये १८ स्थानीय तहमा विद्युत् पुग्न बाँकी रहेको देखिएको छ । ५३९ स्थानीय तहमा पूर्ण विद्युतीकरण र १९६ मा आंशिक विद्युतीकरण भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । राष्ट्रिय प्रसारण ग्रिड नपुगे पनि १८ स्थानीय तहका बासिन्दाले लघु जलविद्युत् र सौर्य ऊर्जाबाट विद्युत् उपभोग गरिरहेको प्राधिकरणले सार्वजनिक […]

कानुनसहित विभिन्न ६ वटा समितको बैठक बस्दै

काठमाडौं ,भाद्र ०५ गते। संघीय संसद अन्तर्गत विभिन्न ६ वटा समितिको बैठक आज बस्दैछ । आज कानून, न्याय तथा मानवअधिकार, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति, विकास, आर्थिक मामिला तथा सुशासन र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । कानून, […]

देशका केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौं, भदौ ०५ गते । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल