भारतीय विदेशमन्त्रीद्वारा पशुपतिनाथ मन्दिरमा पूजा

काठमाडौँ,२० पुस : नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री डा एस जयशङ्करले पशुपतिनाथ मन्दिरमा पूजा गर्नुभएको छ । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन बिहीबार यहाँ आउनुभएका उहाँले आज बिहान पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरुवा रोप्नुका साथै विशेष पूजा गर्नुभएको हो । भ्रमणका क्रममा विदेशमन्त्री डा जयशङ्करले यहाँको उच्च राजनीतिक नेतृत्वसँग बिहीबार नै शिष्टाचार भेटवार्ता […]

त्रिवि केन्द्रीय पुस्तकालयको नयाँ भवन उद्घाटन आज

कीर्तिपुर, २० पुस : त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालयको नव निर्मित भवनको आज उद्घाटन हुँदैछ । नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशमन्त्री एस जयशङ्करले त्रिवि परिसरमा हुने कार्यक्रमका नयाँ भवनको शुभारम्भ गर्नुहुने जनाइएको छ । भारतीय सहयोगमा निर्मित तीन तले पुस्तकालय भवनमा दुई हजार विद्यार्थीले अध्ययन गर्न सक्ने छन् । त्रिवि केन्द्रीय पुस्तकालयका कार्यकारी निर्देशक सागरराज सुवेदीका […]

आज जितगढी किल्ला बुटवल उपमहानगरलाई हस्तान्तरण हुँदै

लुम्बिनी, २० पुस : राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक जितगढी किल्ला हस्तान्तरण कार्यक्रम र मुक्तिनाथधामको भवन उद्घाटनका लागि आज बुटवल आउँदै हुनुहुन्छ । राष्ट्रपतिको प्रमुख आतिथ्यतामा आयोजना हुने कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई जितगढी किल्ला हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । बुटवल उपमहानगरपालिका–१ मा स्थित जितगढी किल्लाको पुनःनिर्माण तथा संरक्षणपश्चात् नेपाली सेना, […]

ध्रुवे हात्तीले चार घर भत्कायो

चितवन, २० पुस : चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुवे हात्तीले पुनः आतङ्क मच्चाउन थालेको छ । सो हात्तीले बिहीबार बस्तीमा पसेर चार घर भत्काइदिएको थियो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले ध्रुवे हात्तीले भरतपुर महानगरपालिका–२३ वयरघारी क्षेत्रमा चार घर भत्काएको जानकारी दिनुभयो । बुधबार साँझ माडी क्षेत्रमा देखिएको सो हात्ती बिहीबार बिहान वयरघारी क्षेत्रमा आइपुगेको […]

कुमाल समुदायले ‘माघे सङ्क्रान्ति’ पर्व गोलाघाटमा मनाउने

काठमाडौँ, २० पुस : कुमाल समुदायले ‘माघे सङ्क्रान्ति’ पर्व विशेष उत्सवका साथ मनाउने भएका छन् । कुमाल समाज नेपालले यसपालिको उक्त पर्व देशभरका कुमाल जाती एकै स्थानमा जम्मा भएर विशेष उत्सवका साथ मनाउने निर्णय समेत गरेको छ । समाजका केन्द्रीय अध्यक्ष तेलबहादुर कुमालले बिहीबार पत्रकारसँग कुरा गर्दै चितवनको भरतपुरस्थित पर्यटकीय क्षेत्र नारायणी र राप्ती नदीको […]

पोखरामा प्रदेशस्तरीय कृषि यान्त्रीकरण प्रदर्शनी

गण्डकी, २० पुस ः पोखरामा आजदेखि प्रथम प्रदेशस्तरीय कृषि यान्त्रीकरण प्रदर्शनी सुरु हुने भएको छ । कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र, गण्डकी प्रदेशको कृषि विकास निर्देशनालय, पोखरा महानगरपालिका र नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घको संयुक्त आयोजना सञ्चालन हुने प्रदर्शनी आगामी आइतबारसम्म चल्नेछ । प्रदर्शनीको २० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ […]

सिन्धुपाल्चोकमा भूकम्पको धक्का महसुस

काठमाडौँ, १९ पुस : सिन्धुपाल्चोकमा आज विहान १०ः१७ बजे भूकम्पको धक्का महुसस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रविन्दु भइ ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ । भूकम्पको धक्का आसपास क्षेत्रमा समेत महसुस गरिएको थियो ।

‘एक्सरे मेसिन’ जडान

काठमाडौँ, १९ पुस : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपासमा थप चार एक्सरे मेसिन जडान गरिएको छ । ती एक्सरे मेसिन जडानसँगै अब जाँचपास १० मिनेटमा हुने जनाइएको छ । विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले विगतका समयमा दुई मात्रै एक्सरे मेसिनबाट जाँचपास हुँदै आएकामा आजदेखि थप चारवटा एक्सरे मेसिन जडान गरी जाँचपास […]

मौरीबजारमा बस दुर्घटना ः ३२ जना घाइते

दमौली (तनहुँ), १९ पुस : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा यात्रुवाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस आज बिहान अनियन्त्रित भई सडकबाट खोलामा खसेको थियो । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले […]

भवन निर्माण नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या

गोदावरी (कैलाली), १९ पुस : सेती प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण सम्पन्न नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समेत समस्या परेको छ । विसं २०७४ कात्तिक २७ गते रु २१ करोडको लागतमा दुई तले नवजात र मातृ शिशु विस्तारित भवन निर्माण गर्न काठमाडौँको रविना थेगिम जेभीले अस्पतालसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौतामा ३० महिनामा निर्माण सम्पन्न […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल