काभ्रेपलाञ्चोक, भदौ ३१ गते । यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि २४सै घण्टा सञ्चालनमा ल्याइने भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहनुका साथै दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४सै घण्टा सञ्चालन गर्ने […]
काठमाडौँ, भदौ ३१ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (टनेल) […]
मकवानपुरगढी, भदौ ३१ गते । गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनबाट बागमती प्रदेशको राजधानी हेटौँडामा रहेका एक दर्जनभन्दा बढी सरकारी संरचना ध्वस्त भएका छन् । आन्दोलनकारीले हेटौँडामा रहेका सरकारी संरचनामा खोजी खोजी आगजनी गरेका थिए । १४ वटा प्रदेश मन्त्रालय रहेकोमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय […]
मुक्तिनाथ (मुस्ताङ), भदौ ३१ गते । सोह्रश्राद्ध सुरू भएसँगै पितृतर्पण गर्न दैनिक हजारौंको सङ्ख्यामा भक्तजनहरू आउने मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४मा अवस्थित पवित्र तीर्थस्थल कागबेनी अहिले सुनसान छ । जेनजी आन्दोलन र बेनी–जोमसोम–कोरला सडकखण्डमा खसेको पहिरोका कारण अहिले दैनिक न्यून सङ्ख्यामा भक्तजन कागबेनीमा देखिन्छन् । कागबेनीस्थित कालीगण्डकी नदी किनारको श्राद्धस्थलमा पितृतर्पणका लागि कोरोनाकालपछि अहिलेसम्मकै न्यून रहेको मुक्तिनाथ […]
कालीकोट, भदौ ३१ गते । जिल्लाको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय कालीकोटले सुपथ मूल्य पसल सुरु गरेको छ । दशैँ नजिकिँदै गरेकाले सहुलियत दरमा चामल बिक्री गर्न सुरु गरेको हो । जिल्लाको सबै नगरपालिका र गाउँपालिकाका उपभोक्तालाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापर कम्पनी लिमिटेडको कार्यालय कालीकोटबाट आइतबार सूचना गरी सोमबारबाट सहुलियत […]
रेसुङ्गा(गुल्मी) भदौ, ३१ गते । पछिल्लो समय गुल्मी अस्पतालप्रति नागरिकमा भरोसा बढेको छ । अस्पतालकै अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ७२ हजार ८७९ जनाले सेवा पाएका थिए । सेवाको गुणस्तरियता र विश्वासका कारण सेवा प्राप्त गर्नेको सङ्ख्या २०८१/०८२ मा ७८ हजार २५४ पुग्यो । यो एउटा स्वास्थ्य क्षेत्रमा पलाएको नयाँ आशा हो । कुनै समय […]
धम्बोझी (बाँके), भदौ ३१ गते । जेनजीको आन्दोलनको फाइदा उठाउँदै लुटपाट र सार्वजनिक सम्पत्ति चोरी गर्नेलाई बाँके प्रहरीले खोजी गर्न सुरु गरेको छ । आन्दोलनका क्रममा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक सम्पत्ति नष्ट गर्नेहरुको खोजी भइरहेको बेला बाँके प्रहरीले पनि सक्रियता बढाएको छ । आन्दोलनका क्रममा कार्यालय तथा सार्वजनिक सम्पत्तिको लुपाट, तोडफोडसँगै आगजनी गरी नष्ट […]
काठमाडौँ, भदौ ३१ गते । समग्र बिमा क्षेत्रकै नियमन गर्ने सरकारले आफ्नामातहतका संरचना र पूर्वाधारको बिमा नगर्दा यतिबेला अर्बौं रुपियाँको नोक्सानी हुने देखिएको छ । नेपालमा हालै भएको ‘जेनजी आन्दोलन’ का कारण सरकारी संरचनामा ठुलो क्षति भएको छ । ती संरचना बिमाको दायराभित्र नपरेकाले सरकारले अर्बौं रुपियाँको नोक्सानी बेहोर्नुपर्ने भएको छ । निजी क्षेत्रले बिमाबाट […]
काठमाडौँ, भदौ ३० गते। नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पद तथा गोपनीयताको शपथ लिएसँगै आजै पदबहाली गर्नुभएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि उहाँले पदबहाली गर्दै यो विषंम परिस्थितिमा सबैले मिलेर काम गर्नुपर्ने बताउनुभयो। “परिस्थिति अनुकूल छैन, तर काम गर्ने बेला यही हो”, महान्यायाधिवक्ता बरालले भन्नुभयो, “यो विषम परिस्थिति छ, सबैले […]
काठमाडौँ, भदौ ३० गते। राष्ट्रिय बाल दिवस २०८२ को अवसरमा काठमाडौँको सिनामंगलस्थित बालबालिका शान्ति पार्कमा द्वन्द्व, हिंसा, विपत्ति र विभिन्न आन्दोलनमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको छ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले दीप प्रज्वलन गरेको हो। सिजपका अध्यक्ष तिलोत्तम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफ, साझेदार संस्था सेभ […]