कांग्रेस र एमालेमा छलफल जारी

ललितपुर, असोज ३१ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तुत गर्नुभएको प्रस्तावमाथि छलफल सुरु भएको छ । असोज २८ गते सभापति शेरबहादुर देउवाले सम्बोधन गरेपछि स्थगित केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार प्रस्तुत प्रस्तावमाथि छलफल प्रारम्भ भएको हो । बैठकलाई सम्बोधन गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी गराउनुभयो । महामन्त्री […]

जेनजीसँग राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीको वार्ता

काठमाडौँ, असोज ३० गते।  राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री सुशीला कार्कीले जेनजीसँग वार्ता गर्नुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा भएको वार्तामा मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धिरज जोशी […]

सुशासन र पुनर्निर्माणमा प्रतिबद्ध

काठमाडौँ, असोज ३१ गते । जेनजीको विद्रोहपछि सुशासन, पारदर्शी सेवा प्रवाह, प्रणालीगत सुधारसहितका नवीनतम् दृष्टिकोण र निर्वाचन गराउने अभिभारासहित सरकार विस्तार भएको एक महिना पूरा भएको छ । भदौ २७ गते पूर्वप्रधान न्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त भएपछि उहाँले भदौ ३० गते पहिलो पटक मन्त्रीपरिषद् विस्तार गरी देशको विषम परिस्थितिलाई अग्रगति प्रदान गर्ने यात्रा प्रारम्भ गर्नुभएको […]

प्रसूति शल्यक्रिया कक्ष विस्तार

बुटवल, असोज ३० गते । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा हप्ताको सातै दिन प्रसूति शल्यक्रिया सेवा सुरु भएपछि प्रसूतिका लागि आउने गर्भवतीको सङ्ख्यामा वृद्धि भएको छ । अस्पतालले १० महिनाअघिदेखि प्रसूति सेवाका लागि छुट्टै शल्यक्रिया कक्ष सञ्चालनमा ल्याएको हो । यसबाट सातै दिन प्रसूति सेवा शल्यक्रियाको सुविधा उपलब्ध हुँदै आएको हो । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. […]

फेरि त्रसित बन्दै भूकम्पपीडित

बाजुरा, असोज ३० गते ।  बाजुराका भूकम्प तथा बाढीपहिरोपीडित यति बेला फेरि त्रसित बन्दै गएका छन् । विगत दुई वर्षदेखि पटक–पटक जाने गरेको भूकम्पका कारण घर चर्किएर त्रसित बन्दै गरेका यहाँका स्थानीय बुधबार राति गएको भूकम्पले घर हल्लिएपछि उनीहरु फेरि त्रसित बनेका हुन् । विसं. २०८० वैशाख ५ गते  र २०८१ को पुसम ६ गते […]

एमाले केन्द्रीय कमिटीको बैठक जारी

काठमाडौँ,  असोज ३० गते ।  नेकपा (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठकको आज पनि जारी छ । ललितपुरको जावालाखेलमा जारी उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्ना धारणा र सुझाव राखिरहनुभएको छ । पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार  बुधबार बसेको बैठकमा ५० केन्द्रीय सदस्यले आफ्ना […]

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

गलकोट (बागलुङ),  असोज ३० गते । जिल्लामा ४५ हजार ३९५ परिवार स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृत भएका छन् । यहाँ ती परिवारका एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका छन् । विसं २०७३ असारदेखि जिल्लामा लागू गरिएको हो । गतवर्ष एक लाख २६ हजार बिमामा आबद्ध भएकामा हाल १५ हजार बढेर एक लाख ४१ हजार […]

असोजमै फुल्यो ‘पलम’

तुलसीपुर (दाङ), असोज ३० गते ।  दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा असोजमै पलमको फूल फुलेको छ । स्थानीय पूर्णबहादुर पुनको घरमा लगाइएको पलम असोजको १५ गतेदेखि फुल्न थालेको हो । विगतमा फागुन/चैतमा फुल्ने गरेको भए पनि यसवर्ष भने असोजमै पलम फुल्न थालेकाले आफूहरू अच्चमित भएको स्थानीय प्रविर पुनले बताउनुभयो । “विगतमा फागुन÷चैतमा फूल फुल्थ्यो । यसवर्ष […]

सामूहिक सयपत्री फूलखेतीमा महिला

दमौली (तनहुँ), असोज  ३० गते । यहाँको म्याग्दे गाउँपालिकाका महिलाहरू सयपत्री फूलखेतीमा लागेका छन् । गाउँपालिकाले ७५ प्रतिशत अनुदान प्रोत्साहन गरेपछि म्याग्दे गाउँपालिका–४ का महिलाहरू फूलखेतीमा आकर्षित भएका हुन् । यहाँका महिलाहरू छिम्केश्वारास्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक समूहमा आबद्ध भएर सामूहिक फूलखेतीमा लागेका हुन् । तरकारी तथा अन्य फलफूलखेती गरिरहेका महिलाहरू पहिलो पटक सयपत्री […]

अस्थायी कार्यालयबाट मन्त्रालयले सुरु गरे सेवा

हेटौँडा, असोज ३० गते ।   जेनजी समूहको आन्दोलनका व्रmममा बागमती प्रदेशमा क्षति पुगेका आधा दर्जन मन्त्रालयले अन्य कार्यालयसँग शरण लिएर सेवा प्रारम्भ गरेका छन् । मन्त्रालयका महìवपूर्ण कागजात र संरचना जलेर बस्न नमिल्ने अवस्था आएपछि ती मन्त्रालयले अन्य मन्त्रालयका भवन तथा मातहतका निर्देशनालयका भवनबाट सेवा प्रवाह सुचारु गरेका हुन् । प्रदेशका १४ मन्त्रालयमध्ये छ वटा […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल