निजामतीमा दरबन्दी मिलान गृहकार्य

काठमाडौँ, असोज ९ गते । निजामती प्रशासनमा अनावश्यक खर्च कटौती गर्ने र कर्मचारीको कार्यबोझ कम गर्ने उद्देश्यले सरकारले कर्मचारीको दरबन्दी मिलाउन गृहकार्य थालेको छ । जेनजी आन्दोलनपछि बनेको सरकारले प्रशासनलाई चुस्तदुरुस्त बनाई सेवा प्रवाहमा प्रभावकारिता ल्याउने उद्देश्यले अहिले निजामती सेवामा अनावश्यक कर्मचारीको दरबन्दी कटौती तथा मिलान गर्ने गृहकार्य थालेको हो । कामको चाप धेरै हुने मालापोत कार्यालय, […]

डेनमार्कका विमानस्थलमाथि ड्रोन उडान, आलबोर्ग केही घण्टा बन्द

कोपनहेगन, असोज ९ गते । यस हप्ताको सुरुमा कोपनहेगन विमानस्थललाई बन्द गर्न बाध्य बनाउने घटनापछि डेनमार्कभरका धेरै विमानस्थलमाथि ड्रोन देखिएको प्रहरीले बिहीबार जनाएको छ । तीमध्ये आलबोर्ग विमानस्थललाई घण्टौँका लागि बन्द गरिएको थियो । हालै पोल्यान्ड र रोमानियामा यस्तै घटना देखिनुका साथै एस्टोनियाको हवाई क्षेत्रमा रूसी लडाकू विमानले उल्लङ्घन गरेको खबर सार्वजनिक भएपछि युक्रेनमा जारी […]

२०८२ असाेज ०९ गते – 25 sept 2025 ,बिहीबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रमाइलो तरिकाले कामहरू गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । व्यापार व्यवसायमा नाफा हुने योग छ । धार्मिक तथा सामाजिक काममा संलग्न भई मन सन्तोष प्राप्त हुनेछ […]

विपिनको रिहाइका लागि आमा र बहिनी अमेरिका प्रस्थान

दोधारा चाँदनी (कञ्चनपुर), असोज  ९ गते ।  प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहलका लागि आमा पदमा र बहिनी पुष्पा जोशी बुधबार साँझ अमेरिका प्रस्थान गर्नुभएको छ । दाइ विपिनको सकुशल रिहाइका लागि अन्तरराष्ट्रिय दबाब बढाउनका लागि आमालाई लिएर अमेरिका जाने कार्यक्रम तय भएको बहिनी पुष्पाले जानकारी दिनुभयो । “यसअघि इजरायल […]

देउवा दम्पतीको स्वास्थ्यमा पूर्ण सुधार

काठमाडौँ, असोर ८ गते।  नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा पूर्ण रुपमा स्वस्थ हुनुभएको छ । नेपाली सेनाका सूचना अधिकृत सहायक रथी राजाराम बस्नेतले सभापति देउवा र उहाँकी पत्नी निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको पूर्ण रुपमा स्वस्थ हुनुभएको जानकारी दिनुभयो । देउवा दम्पतीले आफ्नो आन्तरिक व्यवस्थापनका लागि समय मागेको हुँदा अस्पतालबाट डिस्चार्ज नभएको प्रवक्ता […]

प्रधानमन्त्री कार्कीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्नुहुने

काठमाडौँ, असोज ८ गते ।  प्रधानमन्त्री सुशीला कार्कीले भोलि बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार दिउँसो ४ः०० बजे मन्त्रिपरिषद्को बैठक बस्ने र साँझ ६ः०० बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने कार्यतालिका तय भएको छ । ‘जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गर्नुभएकी प्रधानमन्त्री कार्कीले पहिलो पटक […]

नामेट भयो बस्ती विकासको इतिहास

चितवन, असोज ८ गते । चितवनको बस्ती विकासमा भएको जग्गासम्बन्धी प्रमाणपुर्जा जेनजी समूहको आन्दोलनका क्रममा गरिएको आगलागीमा जलेर नष्ट भएको छ ।  बस्ती विकास लागि जङ्गल फँडानी गर्न दिएको अनुमतिपुर्जा, त्यही पुर्जाका आधारमा गरिएको जग्गाको नापजाँचको प्रमाण र त्यसैको आधारमा खडा गरिएका थुप्रै प्रमाण नष्ट भएका छन् । भदौ २४ गते मालपोत कार्यालयमा भएको आगजनीले […]

खानेपानी संस्थानको लापरवाहीले सर्वसाधारणलाई सास्ती

सप्तरी असोज ८ गते ।  सप्तरीको राजविराजस्थित राजविराज–हनुमाननगर सडक खण्डअन्तर्गत स्वास्थ्य कार्यालय अगाडि नेपाल खानेपानी संस्थान कार्यालयको लापरवाहीका कारण सर्वसाधारणलाई सास्ती ब्यहोर्न बाध्य भएका छन् । आइतबार नेपाल खानेपानी संस्थान कार्यालयले गजेन्द्र नारायण सिंह अस्पतालको धारा पाइप जडान गर्न मुख्य सडक नै खनेर जोडेको थियो । तर काम नसकिएपछि खाल्डो भएर यातायातका साधन जोखिम मौलेर […]

सिदिङ्वालाई काठमाडौँ महानगरबाट एम्बुलेन्स प्राप्त

ताप्लेजुङ, असोज ८ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकालाई काठमाडौँ महानगरपालिकाबाट एम्बुलेन्स प्राप्त भएको छ । वडा ४ स्थित साब्लाखु स्वास्थ्य चौकीमार्फत सञ्चालन हुनेगरी गाउँपालिकालाई मङ्गलबार एउटा (एक थान) एम्बुलेन्स प्राप्त भएको हो । काठमाडौँ महानगरले सिदिङ्वा गाउँपालिकालाई अनुदानमा उक्त एम्बुलेन्स उपलब्ध गराएको हो । महानगरले सिदिङ्वा गाउँपालिकालाई हस्तान्तरण गरेको एम्बुलेन्स गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना) […]

सुदूरपश्चिममा चाडपर्वलक्षित सुरक्षा योजना

धनगढी, असोज ८ गते ।  चाडपर्वमा अमनचयन खलबलिन नदिनका लागि सुदूरपश्चिम प्रदेश प्रहरीले चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागु गरेको छ । प्रदेश प्रहरी कार्यालयले चाडपर्वमा हुन सक्ने सम्भावित घटना, आपराधिक क्रियाकलाप, झैझडा नियन्त्रणका लागि चाडपर्वलक्षित विशेष सुरक्षा योजना लागु गरेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार चाडपर्वको मौका […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल