alliance khabar

बुधबार, मंसिर १०, २०८२

सर्लाही, मङ्सिर १० गते । 

सर्लाहीको लालबन्दीमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका पुरुषको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको छ ।

मङ्गलबार साँझ पूर्वपश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिका–७, मा रहेको डुमडुमे मन्दिर अगाडि पेट्रोल छर्किएर शरीरमा आगो लगाएका झापाको गौरादह नगरपालिका–२, का ५५ वर्षीय सूर्यप्रसाद पोखरेलको प्रादेशिक अस्पताल जनकपुरमा उपचार गर्दागर्दै मृत्यु भएको हो ।

आगोले जलेर गम्भीर घाइते भएका पोखरेललाई लालबन्दीको एक स्वास्थ्य संस्थामा सामान्य उपचारपश्चात प्रहरीले मङ्गलबार राति ९ बजे थप उपचारका लागि प्रदेश राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालतर्फ लगिएको थियो ।

पोखरेलको उपचारकै क्रममा बुधबार बिहान २ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिनुभयो । मङ्गलबार साँझ पौने ८ बजेतिर डुमडुमे मन्दिर अगाडि बेवारिसे पुरुषले शरीरमा पेट्रोल छर्किएर आगो लगाएपछि छेउछाउमा रहेका स्थानीयले हतारहतार पानी र बालुवा हालेर आगो निभाएको प्रत्यक्षदर्शी रोशन बोहोराले जानकारी दिनुभयो ।

लालबन्दीमा एक घण्टाभन्दा बढी समय राख्दासमेत जलेर घाइते पुरुषको पहिचान नभएपछि प्रहरीले एम्बुलेन्सको व्यवस्था गरी थप उपचारका लागि जनकपुर पठाएको थियो । प्रहरी निरीक्षक जोहारीका अनुसार मृतकको परिवार बुधबार बिहान मात्रै सम्पर्कमा आएपछि परिचय खुलेको हो ।

पोखरेलले आत्मदाह गर्नुभएको कारण खुल्न सकेको छैन । प्रारम्भिक जानकारी अनुसार पोखरेल केही समयदेखि प्रायः घरमा नबस्ने र मठ, मन्दिरमा बस्ने गरेको पाइएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमै राखिएको छ । मृतकका आफन्त अहिले बिहान झापाबाट जनकपुरका लागि प्रस्थान गरेका इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल