alliance khabar

शुक्रबार, माघ ०५, २०८०

काठमाडौँ, ५ माघ : चन्द्रागिरि नगरपालिकाले नगर प्रहरीकोे व्यवस्था गरेको छ । नगरपालिकाले सशस्त्र प्रहरी बलको सहयोगमा पहिलोपटक २४ जना नगर प्रहरी छनोट गरी आधारभूत तालिम तथा दज्र्यानी चिह्न समेत प्रदान गरेको छ । तालिम सम्पन्न गरेका नगर प्रहरीलाई बिहीबार नगरप्रमुख घनश्याम गिरीको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल र सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक कमल गिरीले दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो ।

सो अवसरमा उपप्रमुख बसन्ती श्रेष्ठ, नगरप्रवक्ता कृष्णप्रसाद खड्गीको पनि उपस्थिति रहेको थियो । नगरपालिकाले नगर प्रहरीका लागि २५ पदमा आवेदन माग गरे पनि नगर प्रहरी प्रमुखबाहेक सबै पदपूर्ति भएको नगरप्रमुख गिरीले जानकारी दिनुभयो । नगर प्रहरी प्रमुखको परीक्षामा कोही उत्तीर्ण हुन नसकेपछि पुनः आवेदन खोलिने जनाइएको छ । अहिले नगर प्रहरी सहायक निरीक्षक (असई) को कमाण्डमा टोली परिचालन हुने र नगरप्रहरीका लागि आवश्यक श्रोत साधनको व्यवस्थापन गरिने नगरप्रमुख गिरीले बताउनुभयो । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा नगर प्रहरीलाई तालिम प्रदान गरिएको थियो ।

तालिममा अग्नि नियन्त्रण, आपत्कालीन उद्धार, कार्यालय सुरक्षा, विशिष्ट व्यक्ति सुरक्षा, अतिथि सत्कार, ट्राफिक व्यवस्थापन, मानव अधिकार, ड्रिल, भूकम्प, हूल तथा दङ्गा व्यवस्थापनलगायतमा प्रशिक्षण दिइएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल