alliance khabar

आइतबार, पुष २९, २०८०

सिमकोट (हुम्ला), २९ पुस : चिसो बढेसँगै हुम्लाका विद्यालयमा हिउँदे बिदा गरिएको छ । चिसो बढ्न थालेपछि सामुदायिक तथा निजी विद्यालयमा हिउँदे बिदा गरिएको हो ।

जिल्लाको सातवटा स्थानीय तहभित्रका विद्यालयले वार्षिक परीक्षा सकेर बिदा दिएको छ । बन्द भएका विद्यालय अब आगामी फागुन २ गतेदेखि मात्रै सञ्चालनमा आउने शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख भीमराज खत्रीले बताउनुभयो । नियमानुसार हिमाली जिल्लाका विद्यालयमा हिउँदयाममा अत्यधिक जाडो हुने भएकाले वार्षिक परीक्षा सकेर पुस–माघमा बिदा दिने चलन छ । तर यस वर्ष ढिलागरी शैक्षिकसत्र सुरु भएकाले एक महिनामात्रै बिदा दिइएको उहाँले बताउनुभयो ।

जिल्लाभरि एक सय ५१ विद्यालयमा पठनपाठन बन्द भएको छ । हुम्लामा एक सय ४६ सामुदायिक, एउटा धार्मिक र चार संस्थागत विद्यालय छन् । जिल्लाका सात गाउँपालिकामध्ये नाम्खा गाउँपालिकामा १६, सिमकोटमा २३, खार्पुनाथमा १७, सर्केगाडमा ३२, चङ्खेलीमा २२, अदानचुलीमा १९ र ताँजाकोटमा १६ विद्यालय छन् । एकाइका निमित्त प्रमुख खत्रीका अनुसार हिमालपारिको लिमीका दुई सामुदायिक विद्यालय गत कात्तिक अन्तिममै बन्द भएका थिए । हल्जी र जाङ्गगाउँका विद्यालय बन्द भएका हुन् । तीन गाउँ रहेको लिमीमा प्रत्येक गाउँमा एक–एक आधारभूत विद्यालय छन् । जिल्लामा यस वर्ष अत्यधिक जाडो बढे पनि हिमपात भने हालसम्म भएको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल