alliance khabar

मंगलबार, पुष २४, २०८०

ललितपुर, २४ पुस : विश्व सम्पदासूचीमा रहेको पाटन दरबार क्षेत्रमा अवस्थित ऐतिहासिक सम्पदा लामपाटीको ३४ वर्षपछि छानो फेरिएको छ । विसं २०७२ को भूकम्पले सामान्य क्षति पुर्याएको लामपाटीमा पानी चुहिने समस्या रहेकाले यसपटक छाना फेरिएको हो ।

ललितपुरका भिभिन्न ठाउँमा निर्माण गरिएका अन्य सार्वजनिक पाटीहरूभन्दा कलात्मक शैलीमा विसं १७३४ मा निर्माण भएकोे ऐतिहासिक सम्पदा लामपाटीलाई १९९० सालकोे भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको पाटन दरबार प्रमुख मञ्जुसिंह भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सांस्कृतिक महत्व बोकेको सम्पदा लामपाटीलाई १९९० सालको भूकम्पले क्षति पुर्याएपछि पुनःनिर्माण भएर २०४६ सालमा छाना फेरिएको थियो । पानी चुहिने समस्याका कारण पटकपटक मर्मत गरे पनि यसपटक भने पूरै छाना फेरिएको प्रमुख भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लामपाटीमात्र नभएर अन्य सम्पदाको छानामा बाँदर हिँड्ने भएकाले छिट्टै पानी चुहिने समस्या रहेको छ । लामपाटीमात्र नभएर अन्य सम्पदाको छाना पनि फेर्नुपर्ने जरुरी छ ।”

दरबार क्षेत्रको लामपाटी नेवार समुदायले सामाजिक कार्यहरू गर्ने भए पनि हाल उक्त ऐतिहासिक सम्पदा लामपाटीलाई स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले व्यापारिक परियोजनाको लागि भाडामा दिएको छ । ऐतिहासिक सम्पदा लामपाटीमा रेष्टुरेन्ट र अन्य पसल सञ्चालनमा छन् ।

पानी चुहिने लामपाटीमा वर्षात्को समयमा त्रिपाल राखिएको भए पनि हाल त्रिपाल हटाएर छाना फेरिएको छ । छाना फेरिए पनि भूकम्पले क्षति पुर्याउँदा लामपाटी जीर्ण अवस्थामा छ । जीर्ण अवस्थामा रहेको लामपाटीको पनि पुनःनिर्माण प्रक्रियामा रहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ ।

छानामा प्रयोग गरिएको झिङ्गटी पुरानो भएको र फुटेका कारण लामपाटीमा पानी चुहिने समस्या रहेको डकर्मी रवीन्द्र प्रजापतिले जनाउनुभयो । उहाँले भन्नुभयो, “यदि झिङ्गटी राम्रो भयो भने ८० वर्षसम्म टिक्न सक्छ । तर छानामा बाँदर हिँडेका कारण लामपाटीमा प्रयोग गरेको धेरै झिङ्गेटी तलमाथि सरेको र पानी चुहिने समस्या रहेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल