alliance khabar

बिहिबार, पुष १९, २०८०

गोदावरी (कैलाली), १९ पुस : सेती प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण सम्पन्न नहुँदा स्वास्थ्य सेवा प्रवाहमा समेत समस्या परेको छ ।

विसं २०७४ कात्तिक २७ गते रु २१ करोडको लागतमा दुई तले नवजात र मातृ शिशु विस्तारित भवन निर्माण गर्न काठमाडौँको रविना थेगिम जेभीले अस्पतालसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौतामा ३० महिनामा निर्माण सम्पन्न गरी भवन सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गर्ने उल्लेख छ ।

हालसम्म पनि ठेकेदार कम्पनीको लापर्वाहीका कारण भवन निर्माण अधुरै रहेको अस्पतालले जनाएको छ । निर्माण कम्पनीले हालसम्म ८० प्रतिशतमात्र काम पूरा गरेको अस्पतालका सूचना अधिकारी सौरभ कलौनीलले जानकारी दिनुभयो । धनगढीको मुख्य सडक विस्तारका क्रममा अस्पतालको ‘ओेपिडी’ भवन भत्किएपछि भवनको अभाव भएको छ । अस्पतालले निर्माणाधीन अधुरो भवनका केही कोठाबाट ओपिडी सेवा सुरु गरेको छ ।

सो भवन निर्माणका लागि छैटौँ पटकसम्म म्याद थप गर्दा ठेकेदार कम्पनीले दई महिनाभित्रै भवन हस्तान्तरण गर्ने जनाएको थियो । तर सो म्याद गुज्रिदा पनि ठेकेदार कम्पनी सम्पर्कविहीन हुन खोजेको अस्पताल विकास समितिका अध्यक्ष नरबहादुर शाहले जानकारी दिनुभयो । सहरी विकास सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीले सम्झौताअनुसार २०७७ वैशाख २७ मा भवन निर्माणको काम सम्पन्न हुनुपर्ने जनाएको छ । सो भवन निर्माण सम्पन्न गर्न अझै १५÷२० प्रतिशत काम बाँकी रहेको छ ।

भवन निर्माणका धेरै काम बाँकी हुँदा पनि निर्माण कम्पनीले काममा तदारुकता नदेखाएको उहाँको भनाइ छ । समयमै ठेकेदार कम्पनीले काम पूरा नगरे ठेक्का रकमको शुन्य दशमलव शुन्य पाँच प्रतिशत दैनिक जरिवाना गरिँदै आएको जनाइएको छ । भवन अभाव हुँदा अस्पतालले बाध्यतावश अधुरो भवनबाट ओपिडी सेवा सुरु गरेको अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा शेरबहादुर कमरले जानकारी दिनुभयो । भवन हस्तान्तरण नहुँदै सेवा सुरु गर्नाका कारण दुवै भवनमा ठाउँ अभाव रहेको उहाँको भनाइ छ ।

अस्पताल भवन हस्तान्तरण भइसकेपश्चात् आइसियु र डायलाइसिस वार्ड तथा एमआरआई मेसिन राख्न सकिने भए पनि अहिले भवन अधुरो हुँदा राख्न सक्ने अवस्था नभएको उहाँले बताउनुभयो । प्रदेशको ‘रिफरल’ अस्पतालका रूपमा रहेको सेतीमा सुदूरपश्चिमका पहाडी जिल्लाबाट बिरामी उपचारका लागि आउने गरेका छन् । भवन अभावले सहजरुपमा उपचार प्रदान गर्न समस्या भइरहेको अस्तापलले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल