alliance khabar

सोमबार, पुष ०२, २०८०

रामपुर (पाल्पा), २ पुस : पाल्पाको रामपुरस्थित रामतुलसी नमुना माध्यमिक विद्यालयलाई पूर्वविद्यार्थीले रु दुई लाख सहयोग गरेका छन् । नेपाल सरकारका पूर्वसहसचिव तथा यस विद्यालयका पूर्वविद्यार्थी एवं शिक्षक मधुसुदन पोखरेलले हजुरबुबा लोकनाथ र बुबा ज्ञानेश्वर पोखरेलको नाममा रु दुई लाख एक हजार एक सय ५५ बराबरको रकम सहयोगस्वरुप अक्षयकोष स्थापना गर्न विद्यालयलाई सहयोग गर्नुभएको छ ।

सो रकम विद्यालयमा अध्ययनरत असहाय छात्रवृत्ति कोषका रुपमा स्थापना गरी विद्यार्थीको पठनपाठनमा सघाउ पुग्ने उद्देश्यले सहयोग गरिएको सहयोगदाता पोखरेलले बताउनुभयो । विद्यालयमा हालसम्म रु २० लाख ५८ हजारको रकमबाट अक्षयकोष स्थापना गरिएको प्रधानाध्यापक बालकृष्ण लम्सालले जानकारी दिनुभयो ।

विद्यालयमा स्थापित अक्षयकोष रकममध्ये दिवाकर भक्तिप्रसाद भट्टराई स्मृति अक्षयकोष र रामनाथ पौडेल स्मृति अक्षयकोषबाट सामाजिक, राजनीतिक तथा धार्मिक क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई सम्मान गर्ने गरिएको छ । अन्य अक्षयकोषको रकमबाट विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न र असहाय विद्यार्थीलाई छात्रवृत्तिस्वरुप प्रदान गरिँदै आइएको छ । विद्यालयमा स्थापना भएका अक्षयकोषमध्येबाट हरेक वर्ष करिब एक सय विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरिँदैआएको शिक्षक लेखनाथ शर्मा मरासिनी बताउनुहुन्छ ।

तीन तहमा विद्यालय चलाउने, हाल पूर्वप्राथमिक तह अन्तर्गत नर्सरीदेखि कक्षा २ सम्म दुई सय विद्यार्थी अध्ययनरत छन् । हाल विद्यालयमा करिब दुई हजार सात सय विद्यार्थी अध्ययनरत छन् । प्राविधिकतर्फ तीनवर्षे कृषिबाली विज्ञान विषयमा समेत यहाँ पठनपाठन भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल