alliance khabar

शनिबार, मंसिर ३०, २०८०

लुम्बिनी, ३० मङ्सिर : लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाले लुम्बिनीको विकासका बौद्ध धर्मको प्रचारप्रसारका लागि चीन सरकारसँग सहकार्यका लागि आग्रह गर्नुभएको छ ।

उपाध्यक्ष लामाले लुम्बिनी भ्रमणमा आएको चिनियाँ उपमन्त्री वाङ रुइजुनसँग शुक्रबार लुम्बिनीमा गर्नुभएको भेटमा बुद्ध जन्मस्थल लुम्बिनीको विकासमा सहकार्य, बुद्ध शिक्षाको प्रवद्र्धनसँगै लुम्बिनीको पर्यटन प्रवद्र्धनबारे छलफल गरेको बताउनुभयो ।

उपाध्यक्ष लामाले धार्मिक र सांस्कृतिक आदानप्रदानसँगै लुम्बिनीमा चिनियाँ पर्यटक भित्र्याउन चिनियाँ उपमन्त्री वाङसँग आग्रह गर्नुभयो । उहाँले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ पर्यटक भित्र्याउन चीनको गोञ्जाउ विमानस्थलबाट सिधा उडान सञ्चालनका लागि आग्रह गरेको जानकारी राससलाई दिनुभयो ।

त्यस अवसरमा चिनियाँ उपमन्त्री वाङले चिनियाँलाई बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्ने वातावरण बनाउने र गौतबुद्ध विमानस्थलमा उडानका सन्दर्भमा पनि सम्बन्धित निकायसँग छलफल गर्ने आश्वासन दिनुभएको थियो । उपाध्यक्ष लामाका अनुसार उहाँले लुम्बिनीको विकास, संरक्षण र धार्मिक सांस्कृतिक सहकार्यका लागि आफूहरु सकरात्मक रहेको बताउनुभएको थियो ।

भेटमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई, वरिष्ठ निर्देशक ज्ञानिन राई, नेपाल–चीनमैत्री समाज, लुम्बिनीका अध्यक्ष नारायणप्रसाद सापकोटाको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल