alliance khabar

बुधबार, मंसिर २०, २०८०

ढोरपाटन (बागलुङ), २० मङ्सिर : गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन तथा स्थानीय उत्पादनको बजारीकरणका निम्ति बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा आगामी पुस ११ देखि २१ गतेसम्म बागलुङ महोत्सव हुने भएको छ ।

पछिल्लो समय बागलुङको व्यापार सुस्ताउँदै गएकाले बजारलाई चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गर्ने निर्णय भएको सङ्घका अध्यक्ष नरेश कँडेलले राससलाई जानकारी दिनुभयो । घरेलु तथा कृषि उत्पादन, जडीबुटी, हस्तकलाका सामग्रीसहित एक सय २० भन्दा बढी प्रदर्शनी कक्ष रहने तथा तिनमा स्थानीय वस्तु तथा सेवाको प्रदर्शनी गरिने उहाँले बताउनुभयो ।

हरेक तीन वर्षमा हुँदै आएको महोत्सव कोभिड–१९ का कारण प्रभावित भएको थियो । महोत्सवका क्रममा पुरुष भलिबल प्रतियोगिता, नृत्य, दोहोरीलगायत प्रतियोगिता आयोजना हुनेछन् । महोत्सवको नारा ‘पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार समुन्नत बागलुङ निर्माणको आधार’ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल