Alliancekhabar

शनिबार, मंसिर ०९, २०८०

काठमाडौँ, मङ्सिर ९ गते । शुक्रवार राती करिब ८ बजे बर्दियाको गुलरिया नगरपालिका ४ तुलापुरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।  स्थानीय भरत चन्दको ईट्टामाटोले बनेको टायलले छाएको घरमा आगो ताप्ने क्रममा एक्कासि आगलागी हुँदा मानवीय क्षति भएको बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।

आगलागीबाट घरको एउटा कोठा पूर्ण रूपमा जली नष्ट भएको थियो । घाइतेको बर्दिया अस्पताल गुलरियामा उपचार भइरहेको छ । मृत्यु हुनेमा बर्दिया गुलरिया नगरपालिका ४ का ३६ वर्षीया राधा बुढा, नौ वर्षीया मानसी बुढा, सात वर्षीय कृष चन्द र १८ महिनाको कार्तिक चन्द रहेको प्रहरीले जनाएको छ ।

यता  बर्दिया गुलरिया नगरपालिका ४ का २७ वर्षीया करिश्मा चन्द घाइते हुनु भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल