Alliancekhabar

बुधबार, मंसिर ०६, २०८०

नेपालगन्ज, मङ्सिर ६ : काठमाडौँबाट नेपालगन्जका लागि उडेको बुद्ध एअरको एटिआर विमान मौसम खराबीका कारण अवतरण नगरी पुनः काठमाडौँ फर्किएको छ ।

बुद्ध एअर नेपालगन्जका प्रमुख विनीत शाहले दिनुभएको जानकारी अनुसार बुधवार बिहान काठमाडौँबाट बुधवार बिहान करिब ७ बजेर ४५ मिनेटमा उडेको विमान मौसम खराबीका कारण नेपालगन्ज विमानस्थलमा अवतरण गर्न नसक्दा दाङको आकाशमा पुगेर काठमाडौँ फर्किएको हो ।

उहाँले नेपालगन्ज विमानस्थलमा हुस्सु लागेकोले विमान अवतरण गर्न नसक्ने देखिएपछि पुनः काठमाडौँ फर्काइएको जनाउँदै सो विमान काठमाडौँ विमानस्थलमा अवतरण गरिसकेको र इन्धन भरेर पुनः नेपालगन्ज उड्ने तयारीमा रहेको बताउनुभयो ।

नेपालगन्ज विमानस्थलको मौसम ठिक भएपछि बिहान साढे नौ बजे मात्र खुला भएको जनाउँदै बुद्ध एअर नेपालगन्जले आगामी उडानहरू नियमित समयमा हुने जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल