Alliancekhabar

बुधबार, मंसिर ०६, २०८०

गुल्मी, मङ्सिर ६ : गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले जग्गा भाडामा लिएर खेती गर्ने कृषकलाई अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८०-०८१ को स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकाले कृषकलाई अनुदान दिने भएको हो ।

गाउँपालिकाको “जग्गा भाडामा लिएर खेती गर्न खोज्ने किसानलाई भाडामा अनुदान“ कार्यक्रम रहेको हुँदा जग्गा भाडामा लिएर खेती गर्ने किसानलाई भाडामा अनुदान उपलब्ध गराइने भएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।

अनुदान लिन चाहने कृषकहरुले भाडामा अनुदान उपलब्ध गराउनेसम्बन्धी कार्यविधि २०८० को परिच्छेद – २ को दफा ५ बमोजिम व्यक्तिगत निवेदन, जग्गा धनी दर्ता प्रमाण पुर्जा, नागरिकको प्रतिलिपि तथा भाडा सम्झौताको प्रतिलिपि, फर्म दर्ता र कर चुक्ता प्रमाणपत्रसहित पालिकामा आवेदन दिन सकिने उहाँले बताउनुभयो ।

जग्गा भाडामा लिइ खेती गरेका किसानले कृषि फर्म दर्ता गरी व्यावसायिक रुपमा १५ रोपनीभन्दा माथी लिएको हुनुपर्ने, भाडामा लिएको जग्गाको ८० प्रतिशतमा खेती गरेको हुनुपर्ने, एकवर्षे वा सोभन्दा कम अवधिको बाली लगाउने भए कम्तीमा पाँच वर्षको र बहुवर्षीय खेतीका लागि कम्तीमा १५ वर्षको सम्झौता भएको हुनुपर्नेछ ।

गाउँपालिकामा रहेका बाँझो जग्गाको उपयोग गरी कृषिमा आत्मनिर्भर बनाउन यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल