Alliancekhabar

शुक्रबार, मंसिर ०१, २०८०

तनहुँ, कात्तिक ३० : दसैँ र तिहारजस्ता ठूला चाडको समयमा सोचेजस्तो व्यापार नहुँदा तनहुँका व्यवसायीहरु चिन्तित बनेका छन् । ठूला चाडमा  बजारमाचहल–पहल नहुँदा व्यवसायीहरु चिन्तित देखिएका हुन् ।

विगतका वर्षहरूमा चाडपर्वको समयमा ग्राहकहरुको ठेलमठेल हुने सदरमुकाम दमौली बजार, आँबुखैरेनी, डुम्रे, खैरेनीटार, दुलेगौंडा, भिमादलगायत प्रमुख बजार क्षेत्र यसपाली सुनसानजस्तै रहेको व्यवसायीको भनाइ छ । आशा गरेजस्तो व्यापार नभएको व्यवसायीहरुले बताएका छन् ।

तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवित्रकुमार श्रेष्ठ व्यापार हुने मुख्य समयमा नै चहलपहल नहुँदा व्यवसायीहरु चिन्तामा परेको बताउनुभयो । जेनतेन चाडपर्वको बेला व्यापार हुन्छ कि भनेर व्यवसायी बसेको तथा आर्थिक मन्दीको असरले गर्दा सतही रुपमा मानिस देखिएको र व्यापारमा कमी भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले आयातमुखी अर्थतन्त्र निरुत्साहित गर्ने र स्थानीय उत्पादनलाई प्रोत्साहनका लागि सरकारले जिम्मेवार भएर अर्थतन्त्र सुधार गरे मात्रै आर्थिक मन्दीको अन्त्य गर्न सकिने बताउनुभयो ।

आँबुखैरेनी बजारबाट छिमेकी जिल्ला गोरखा, डुम्रे बजारबाट गोरखा, लमजुङ र मनाङ, दमौलीबाट लमजुङ, भिमादबाट स्याङ्जा, पाल्पा लगायतको छिमेकी जिल्लामा समेत सामान जाने गरेकोमा सोक्रम पनि घटेको तनहुँ उद्योग वाणिज्य सङ्घका पूर्व वरिष्ठ उपाध्यक्ष वैकुण्ठनाथ मिश्रले बताउनुभयो ।

गाउँ गाउँसम्म व्यवसाय विस्तार हुँदै गएपछि सामान किन्न मुख्य बजारमा आउनेक्रम घटेर गएको मिश्रको भनाइ छ । आवश्यकताभन्दा धेरै पसल भएकाले विगतका वर्षमा जस्तो व्यापार नभएको उहाँले बताउनुभयो ।

सदरमुकाम दमौली मात्रै नभई अन्य बजार पनि यस वर्ष खासै व्यापार नभएको  तनहुँ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष मङ्गलप्रसाद श्रेष्ठले बताउनुभयो । जोश र जाँगर भएका, रमाइलो गर्नेहरु विदेश गएकाले तीजजस्तो चाडपर्वमा समेत बजार सुनसान भएको उहाँको भनाइ छ ।

तनहुँ उद्योग वाणिज्य सङ्घ दमौलीबजार एकाइका सभापति भूपाल आलेले पृथ्वी राजमार्गको स्तरोन्नतिको काम ढिलो भएकाले व्यापार प्रभावित भएको बताउनुभयो ।

तनहुँ उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले व्यापार घट्ने र खर्च बढ्ने हुँदा व्यवसायीलाई घरभाडा तिर्नसमेत मुस्किल हुनेगरेको बताउनुभयो । थोक र खुद्रा दुबै व्यवसाय प्रभावित भएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल