Alliancekhabar

बुधबार, कार्तिक २२, २०८०

चितवन, कात्तिक २२  गते । फ्लोरिकल्चर एसोसिएसन नेपाल जिल्ला समिति चितवनले तिहारलाई लक्षित गरी फूल र मालाको मूल्य निर्धारण गरेको छ । समितिले सयपत्री फूलको मालाको एक सय र फूलको प्रतिकिलो पाँच सय रुपियाँ तोकेको छ ।

सङ्घका अध्यक्ष तेजेन्द्र सापकोटाले निर्धारण गरिएको मूल्य अनुसार फूल र माला बिक्री भए-नभएको अनुगमनका लागि स्थानीय निकाय र प्रशासनलाई अनुरोधसमेत गरिएको बताउनुभयो । उहाँका अनुसार जिल्लामा हाल ५० बिघा क्षेत्रफलमा चाडपर्वलक्षित फूल खेती गरिएको छ । यसबाट दुई लाख ५० हजारदेखि तीन लाखसम्म माला तयार हुने अनुमान गरिएको छ । यहाँको बजारको माग चार लाख माला भएको उहाँको भनाइ छ ।

छिमेकी जिल्लाबाट समेत माला र फूल चितवनको बजारमा आउने गरेको छ । धादिङ, दाङलगायतका जिल्लाबाट पनि फूल र माला यहाँ आउने गरेको उहाँको भनाइ छ । साथै भारतबाट समेत फूल र माला आउने भएकाले यसलाई रोक्न पुष्प विकास केन्द्रले आयातको अनुमतिमा रोक लगाएको उहाँले बताउनुभयो । सङ्घका सचिव सुलभ श्रेष्ठले गत वर्ष जिल्लामा ३५ बिघा क्षेत्रफलमा फूल खेती गरिएकामा अहिले ५० बिघा क्षेत्रफलमा खेती गरिएको जानकारी दिनुभयो । व्यावसायिक रूपमा खेती गर्ने किसान आठ जना रहेकामा चाडपर्व विशेष खेती गर्ने किसानको सङ्ख्या भने जिल्लामा एक सय हाराहारी रहेको उहाँको भनाइ छ । प्लास्टिकजन्य फूलमालाको गुच्छा बजारमा अत्यधिक मात्रामा आइसकेको भन्दै सङ्घले यसलाई नियन्त्रण गर्न स्थानीय प्रशासनसमक्ष माग गरिएको उहाँले जानकारी दिनुभयो ।

भरतपुर महानगरपालिका–२३ मा २० बिघा जग्गामा चाडपर्वलक्षित फूल खेती गरिएको छ । वडा कार्यालयको सव्रिmयतामा वडाभित्र सो क्षेत्रफलमा फूल खेती गरिएको हो । सो वडाका अध्यक्ष दीपक दवाडीका अनुसार विगतका वर्षमा तरकारी खेती गरिएका ठाउँमा समेत अहिले फूल खेती गरिएको हो । कृषिमा युवालाई जोड्ने उद्देश्यका साथ फूल खेतीमा युवा परिचालन गरेर समूह बनाई काम गरिएको उहाँले बताउनुभयो । फूल खेती गर्ने किसानलाई मल, बिउ, सिँचाइको व्यवस्था वडा कार्यालयले गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “कृषिलाई व्यावसायिक बनाउनका लागि हामीले फूल खेतीबाट सुरु गरेका छौँ ।”

जगतपुर कृषि फार्म प्रालिले अहिले २५ हजार बिरुवा फूल लगाएको छ । यहाँका युवा मिलेर फूल खेती गर्न लागेको प्रालिका कोषाध्यक्ष हरि आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अघिल्लो वर्ष नौ कट्ठामा खेती गरेका थियौंँ । अहिले यसलाई बढाएर ३० कट्ठा पु-याएका छौँ ।” संस्थाका सेयर सदस्य पदमप्रसाद चालिसे युवालाई स्वरोजगार बनाउनका लागि कृषि कर्ममा लागेको बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल