काठमाडौँ, १३ कात्तिक : गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल ले नगरबासीको स्वास्थ्यमा ख्याल राख्दै मोटर साइकलको साइलेन्सर मोडिफाइ नगर्न सूचित गर्नुभएको छ।
पछिल्लो समय धेरै जसो युवा पुस्ताले फेसनको रूपमा मोटर साइकल कम्पनीको मापदण्डमा रहने आवाजभन्दा फरक किसिमको आवाज बनाएर समाजमा ध्वनी प्रदुषण गराइरहेका छन्।
जसले गर्दा सडकमा आवत जावत गर्दा डर उत्पन्न हुने र त्यसबाट अनेकौं किसिमका मनोरोग समेत उत्पन्न हुनसक्ने सम्भावना बढेकाले शान्तपूर्ण तवरले सवार गरी स्थानियलाई भएरहित वातावरणमा नगरबासीको जिवनयापन होस् भन्ने उद्देश्यले यो सूचना प्रकाशित गरिएको मेयर रिसालले बताउनु भयो।
नगरपालिका भित्र संचालनमा रहेका मोटरसाइकल वर्कसपहरुले मोटरसाइकलको साइलेन्सर लगायत अन्य मोडिफाई गर्ने, सडकमा पानी आउने गरी सवारी साधन धुने, सडकमा मोबिल पोखिने गरी सवारी साधन मर्मत गर्नेजस्ता कार्य तत्काल बन्द गराउने रिसालले बताउनुभयो।
नगरभित्र यस्ता कार्य गर्ने गराउने जो-सुकैलाई पनि कानुनी दायराभित्र ल्याई नगरवासीलाई र स्वच्छ र भएरहित अवस्थामा जीवन यापन गर्ने वातावरण बनाउनका लागि यो कदम चालिएको रिसालले बताउनुभयो।