alliance khabar

शुक्रबार, कार्तिक १०, २०८०

मध्यविन्दु (नवलपरासी), १० कात्तिक : थारु समुदायको पौराणिक महत्वको मेडरी नाचप्रति युवापुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा थारु समुदायले आफ्नोे कला र संस्कृति जगेर्ना गर्न पहल गर्दै आए पनि पुरानो मेडरी नाच भने लोप हुने अवस्थामा पुगेको मेडरी नाच नचनिया दुलामणि गुरौले बताउनुभयो ।

“मेडरी नाच कृष्ण लीलामा आधारित भवरा, महाभारतमा आधारित र रामलीलामा आधारित सीताहरण गरी तीन प्रकारको हुन्छ, महाभारतको लडाईमा पाँचपाण्डवले प्रयोग गरेका सामान लिएर समूहमा गोलाकार भएर नाचिन्छ, यस नाचमा कम्तीमा एक सयदेखि बढीमा एक सय ५०सम्म नचनिया गोलाकार रूपमा नाच्ने गरिन्छ”, उहाँले भन्नुभयो ।

थारु समुदायका अन्य नाच भने युवापुस्ताले जगेर्ना गर्दै आए पनि मेडरी नाचप्रति भने उनीहरूले चासो नदिएको नचनिया गुरौले बताउनुभयो । “दैवी शक्तिमा आधारित मेडरी नाच विशेष गरी दसैँ र तिहारलगायत पर्वमा नाच्ने गरिन्छ, अन्य शुभकार्यमा पनि यो नाच नाच्ने गरिन्छ”, उहाँले भन्नुभयो, “पितृ औँसीमा पितृ विसर्जन गरेपछि सुरु हुने यो नाच प्रत्येक वर्ष हरिबोधनी एकादशीसम्म नचाइने गरिन्थ्यो ।”

महाभारतको लडाइँमा अर्जुनको रथको ध्वजाका रूपमा बीचमा ध्वजापताकासहितको ठूलो बासको लिङ्गो लिएर घुम्ने गरिन्छ भने मेडरी नाच्दा मादल, झ्याली, तरवारको प्रयोग हुन्छ । यस नाचप्रति युवाको चासो भने हराउँदै गएको थारु अगुवा पुष्परत्न महतोले बताउनुभयो ।
“जिल्लामा यो नाचका लागि प्रत्येक घरबाट एक जना सहभागी हुनुपर्ने नियम बनाइएका कारण बाध्यताले पनि युवा जुट्छन्”, उहाँले भन्नुभयो, “तर आवश्यक सामान बनाउन समस्या हुँदा यसको संरक्षणमा चुनौती छ, युवापुस्तामा हस्तान्तरण गर्न पनि कठिन भइरहेको छ ।” थारु समुदायको लाँठी नाच र झाम्टा नाचप्रति युवापुस्ताको आकर्षण देखिए पनि मेडरी नाचप्रति चासो नदिँदा लोप हुने अवस्थामा पुगेको हो । थारु संस्कृतिको पहिचान स्थापित गर्न यो नाचको निकै महत्व भए पनि नयाँ पिँढीले भने महत्व बिर्सिंदै गएको अगुवा महतोले बताउनुभयो ।

“विगतमा मेडरी नाच धेरै नचाइने गरिन्थ्यो, गाउँघरमा सबै मिली नाच्ने गरिन्थ्यो, अहिले पुराना पुस्ताले यो नाचलाई निरन्तरता दिन सकेनन् भने नयाँले चासो पनि देखाउन छाडे”, उहाँले भन्नुभयो, “अहिले नाच हराउँदै जान थालेको छ ।” थारु समुदायमा कृष्णलीला र महाभारतमा आधारित मेडरी नाच मात्रै देखाउने गरिएको छ भने सीताहरण नाच लोप हुने अवस्थामा पुगेको सम्बद्ध बूढापाकाले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल