alliance khabar

शनिबार, कार्तिक ०४, २०८०

बारा, ४ कात्तिक : कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले जिल्ला प्रहरी कार्यालय बारालाई ११ थान साइकल हस्तान्तरण गर्नुभएको छ । चाडबाडको बेला शान्तिसुरक्षालाई चुस्त–दुरुस्त पार्न एवं प्रहरी गस्तीलाई प्रभावकारी बनाउने उद्देश्यका साथ साइकल प्रदान गर्नुभएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले साइकल गस्ती प्रभावकारी हुनाका साथसाथै कम खर्चिलो हुने बताउँदै प्रहरीको निगरानी बढाउने र शान्तिसुरक्षा कायम गर्नमा यसले थप मद्दत पुग्ने बताउनुभयो ।

साइकल हस्तानान्तरणपछि नगर प्रमुख साहले साइकलको माध्यमबाट नगरभरि प्रहरीको गस्ती टोली परिचालन भयो भने अपराध एवं चोरीपैठारी नियन्त्रण, लागुपदार्थ सेवकर्ताहरुलाई पनि निगरानी गर्ने सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । शान्तिसुरक्षा बहाल गर्ने सन्दर्भमा प्रहरी दिनरात खटिरहेको र साइकलले प्रहरीलाई गस्ती गर्न थप सहयोग पुग्ने उहाँले बताउनुभयो

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977.9849962216
    बिज्ञापन शाखाः +977.9849962216
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल