alliance khabar

बिहिबार, कार्तिक १९, २०८३

काठमाडौँ, कात्तिक १९ गते ।

सरकारले विभिन्न तीन वटा निकायमा रिक्त प्रमुखहरूको पदमा नियुक्ति गरेको छ । मन्त्रीपरिषद्को मङ्गलबार बसेको बैठकले नेपाल बिमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापा, निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यकारी अधिकृतमा पीताम्बर भण्डारी र नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गरेको हो ।

नवनियुक्त तिनै जनालाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार अर्थ मन्त्रालयमा पद तथा गोपनीयताको शपथ गराउनु भयो ।

शपथपछि अर्थमन्त्री डा.वाग्लेले नवनियुक्त अध्यक्ष थापालाई बिमा क्षेत्रको श्रेय वृद्धिमा निडर र निर्धक्क भएर काम गर्न निर्देशन दिनुभयो । त्यस्तै कोषका भण्डारीलाई संस्थाको गरिमा र नागरिकको निक्षेप सुरक्षाको जिम्मेवारीमा कटिबद्ध हुन उहाँले निर्देशन दिनुभयो ।

नेप्सेका सुवेदीलाई नियुक्तिपत्र प्रदान गर्दै अर्थमन्त्री डा. वाग्लेले इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिनुभयो ।

विभिन्न निकायमा रिक्त पदका लागि अर्थ मन्त्रालयले खुला प्रतिस्पर्धाका लागि आवेदन माग गरेको थिए । प्राप्त आवेदनमध्येबाट विभिन्न चरण पार गर्दै उत्कृष्टलाई नियुक्तिका लागि अर्थ मन्त्रालयले मन्त्रीपरिषद्लाई सिफारिस गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ