alliance khabar

बुधबार, कार्तिक १८, २०८३

रुपन्देही, कात्तिक १८ गते ।

सरकारले  रिक्त रहेको लुम्बिनी विकास कोषको सदस्य सचिवमा इञ्जिनियर सन्तोष पाण्डेयलाई नियुक्त गरको छ । पाण्डेय रुपन्देहीको मणिग्राम निवासी हुनुहुन्छ ।

मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ९ मणिग्राम निवासी ३६ वर्षीय युवा इञ्जिनियर पाण्डेयलाई कोषको सदस्य सचिवमा नियुक्त गरेको हो ।

प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको प्रमुख रहँदा विज्ञ इञ्जिनियरको रूपमा शाहको सचिवालयमा काम गर्नुभएका पाण्डेय पछिल्लो समय भौतिक पूर्वाधार विकासमन्त्री सुनील लम्सालको प्रमुख सल्लाहकार हुनुुहुन्थ्यो । उहाँको प्राविधिक तथा संरचनागत इन्जिनियरिङ र सहरी व्यवस्थापनमा राम्रो अनुभव छ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा केही दिनअघि गायिका तथा बौद्ध भिक्षुणी आनी छोइङ डोल्मा नियुक्त हुनुभएको छ ।

नवनियुक्त सदस्य सचिव पाण्डेयले भन्नुभयो, ‘लुम्बिनीलाई हामीले नजिकबाट चिनेर पनि चाहेजति प्रचार–प्रसार र विकास गर्न सकेका छैनौं, अब लुम्बिनीको वृहत्तर विकासमा लाग्नुपर्नेछ । सबै क्षेत्रको सहयोग र सल्लाहले अब विश्वासमा लम्बिनी चिनाउन हामी पहल गर्नेछांै ।’

पाण्डेयले काठमाडौंको एड्भान्स्ड कलेज अफ इञ्जिनियरिङ एन्ड म्यानेजमेन्टबाट सिभिल इन्जिनियरिङमा स्नातक तथा भारतको विश्वेश्वरैया टेक्नोलोजिकल युनिभर्सिटीबाट संरचनागत इन्जिनियरिङमा स्नातकोत्तर गर्नुभएको छ ।

उहाँले काठमाडौं महानगरपालिका, बुटवल उपमहानगरपालिका र तिलोत्तमा नगरपालिकामा संरचनागत इन्जिनियरका रूपमा काम गरिसक्नुभएको छ ।

स्थानीय तहमा कार्यरत रहँदा भवन निर्माणसंहिता, संरचनागत सुरक्षा, अग्ला भवनको प्राविधिक परीक्षण तथा विद्युतीय भवन निर्माण अनुमति प्रणालीको कार्यान्वयन र सुधारमा उहाँले योगदान गर्नुभएको छ ।

सार्वजनिक भवन तथा पूर्वाधारको प्राविधिक गुणस्तर सुनिश्चित गर्ने र स्थानीय तहका प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिमा समेत उहाँको अनुभव रहेको छ ।

व्यावसायिक क्षेत्रमा विभिन्न पैदलयात्री पुलको संरचनागत डिजाइन तथा विश्लेषण, कोहलपुरको हावाहुरी तथा भूकम्प प्रतिरोधी दृश्यावलोकन स्तम्भ र सार्वजनिक पूर्वाधारका संरचनाको डिजाइनमा उहाँले काम गर्नुभएको छ । नेपाल राष्ट्रिय भवन संहिताको समीक्षा प्रक्रियामा सक्रिय सहभागिता जनाएबापत उहाँले संरचनागत इञ्जिनियरिङ संस्था नेपालबाट सन् २०२४ मा प्रशंसापत्रसमेत प्राप्त गर्नुभएको थियो ।

संयुक्त राष्ट्रसङ्घीय क्षेत्रीय विकास केन्द्रअन्तर्गत स्मार्ट सिटीसम्बन्धी अन्तर्राष्ट्रिय तालिममा पनि उहाँले सहभागिता जनाउनुभएको थियो ।

लुम्बिनी विकास कोषको जिम्मेवारी भौतिक संरचना निर्माणमा मात्र सीमित छैन । गौतम बुद्धको जन्मस्थल लुम्बिनीसहित कपिलवस्तुको तिलौराकोट, देवदह र रामग्रामजस्ता ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण, विकास र अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धि गर्नु कोषको प्रमुख दायित्व हो ।

अधुरो लुम्बिनी गुरुयोजना कार्यान्वयन, पुरातात्त्विक सम्पदाको वैज्ञानिक संरक्षण, व्यवस्थित पर्यटन व्यवस्थापन र अन्तर्राष्ट्रिय बौद्ध समुदायसँगको सम्बन्ध विस्तार कोषका प्रमुख चुनौती रहेको जानकारहरूको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ