alliance khabar

मंगलबार, कार्तिक १७, २०८३

काठमाडौँ, कार्तिक १७ गते ।

त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार हुलाक सेवा विभागबिच शैक्षिक प्रमाणपत्र लगायतका हुलाक वस्तु ढुवानी तथा वितरण गर्ने सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डा. रविन्द्र शिवाकोटी र हुलाक सेवा विभागका महानिर्देशक मनमायाँ भट्टराई पंगेनी द्धारा हस्ताक्षर गरिएको  सम्झौता पत्रमा त्रिभुवन विश्वविद्यालयका विभिन्न निकायद्धारा जारी प्रमाणपत्रहरु हुलाक सेवा कार्फत विद्यार्थीको सम्पर्कसहितको पूर्ण ठेगानामा विद्यार्थी समक्ष पुर्‍याउने उल्लेख गरिएको छ । २२ बुँदामा समेटिएको उक्त सम्झौता पत्रमा शैक्षिक प्रमाणपत्र एवं अन्य कार्यालयीय पत्रहरुलाई व्यवस्थित गर्न विभागले हुलाक वस्तुलाई ट्रयाकिङ बारकोडसहित  (पोस्टल ट्रयाकिङ सिस्टम) मा दर्ता गरी  सम्बन्धित गन्तव्य ठेगानासम्म पुर्‍याउने उल्लेख गरिएको छ।

कीर्तिपुरस्थित रजिष्ट्रारको कार्यालयमा आयोजित सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डा. रविन्द्र शिवाकोटीले समग्र सेवाप्रवाहलाई हुलाकसेवासँग समन्वय गरी घरमै पुर्‍याउने लामो समयदेखिको सपना पुरा भएकोमा आफु निकै हर्षित भएको बताउनुभएको थियो ।

यसैगरी हुलाक सेवा विभागका महानिर्देशक मनमायाँ भट्टराई पंगेनीले हुलाकसेवा नागरीक र राज्यलाई जोडने सबैभन्दा प्रभावकारी संयन्त्र भएको उल्लेख गर्नुहुँदै त्रिभुवन विश्वविद्यालय मार्फत जनताको सेवालाई घरघरमा पुर्‍याउने जिम्मेवारी प्राप्त भएको बताउनुभएको थियो ।

सम्झौतापत्रमा त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक प्रा.डा लक्ष्मण पौडेल र गोश्वारा हुलाक कार्यालय, डिल्लिबजारका प्रमुख हुलाक अधिकृत ढाल बहादुर जि.सी ले हस्ताक्षर गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ