alliance khabar

बुधबार, कार्तिक ११, २०८३

काठमाडौँ, कात्तिक ११ गते ।

यस पटकको तिहारमा मुलुकभर झन्डै ५२ लाख गोटा माला खपत हुने भएका छन् । तिहारमा सयपत्री र मखमलीको माला बढी खपत हुने गर्छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार यस वर्षको तिहारमा ४८ करोड रुपियाँ बराबरको सयपत्री, मखमली र गोदावरी गरेर ५१ लाख ८० हजार गोटा फूलका माला खपत हुने छ । सबैभन्दा धेरै ४५ लाख गोटा सयपत्री, मखमली छ लाख, गोदावरी २० हजार र मिक्स माला ६० हजार गोटा खपत हुने अनुमान गरिएको छ ।

गत वर्षको तिहारमा ४० लाख सयपत्रीका माला खपत भएको थियो । गत वर्षको तुलनामा पाँच लाख गोटा सयपत्रीको माला बढी खपत हुने अनुमान गरिएको छ । तिहारमा खपत हुने ८९ प्रतिशत स्वदेशी उत्पादन रहेका छन् ।

तिहारमा लक्ष्मीपूजा गर्न, घर सजाउन र भाइटीकाका लागि मालाको बढी प्रयोग हुने गर्छ । फूलका माला मात्र नभई घर, आँगन, कार्यलय तथा व्यावसायिक परिसरमा सजावटका लागि सयपत्री तथा गोदावरी फूलका पोली तथा गमलाको माग हुने गर्छ ।

मुलुकभर २२५ हेक्टर क्षेत्रफलमा सयपत्रीको व्यावसायिक खेती भइरहेको छ । ग्रामीण तथा उत्पादन क्षेत्रमा सयपत्रीको माग पूर्ण रूपमा स्वदेशी उत्पादनबाटै हुने गरेकोमा सहरी क्षेत्रमा ८९ प्रतिशत आन्तरिक उत्पादनबाट आपूर्ति भरहेको फ्यानले जनाएको छ ।

तिहारमा काठमाडौँका आसपासका जिल्लामा ५० प्रतिशत र बाहिरी जिल्लामा ५० प्रतिशत माला खपत हुने गर्छ । एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले वार्षिक रूपमा बजारमा १० देखि १५ प्रतिशत फूलको माग बढ्दै गएको जानकारी दिनुभयो । व्यावसायिक रूपमा खेती विस्तार हुँदै गए पनि मखमलीमा आत्मनिर्भर भए पनि अन्य फूलमा पूर्ण रूपमा आत्मनिर्भर हुन नसकेको उहाँको भनाइ छ ।  तीन वर्षदेखि सरकारले सयपत्री फूलको आयातमा प्रतिबन्ध लगाएपछि स्वदेशी उत्पादनले बजार पाउन थालेको छ । मुलुकभर ५४ जिल्लामा ३२५ हेक्टर क्षेत्रफलमा पुष्प खेती भइरहेको छ ।

फ्यानका अनुसार पुष्प व्यवसायमा ११ अर्ब ५० करोड रुपियाँभन्दा बढी लगानी रहेको छ । यस क्षेत्रमा ६२ हजार बढीले रोजगारी पाएका छन् । व्यावसायिक खेतीको विस्तार हुँदै गए पनि आन्तरिक उत्पादनले माग धान्न नसक्दा बाहिरी मुलुकबाट पुष्पजन्य वस्तुको आयात हुने गरेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ मा एक करोड १५ लाख ७८ हजार रुपियाँको निर्यात भएकामा २६ करोड १३ लाख रुपियाँको आयात भएको छ । निर्यातको तुलनामा आयात उच्च रहेको छ ।

नेपालमा आयात हुने पुष्प तथा पुष्पजन्य वस्तुमा जीवित बिरुवा, पुष्पको बिउ, फ्रेस कट फ्लावर, बल्ब, टयुबर, रुट्स रहेका छन् । भारत, नेदरल्यान्ड, चीन, जापान, जर्मनी, केन्या, थाइल्यान्ड, भियतनाम अमेरिका, इजिप्टलगायतका देशबाट पुष्प तथा पुष्पजन्य वस्तु आयात हुने गर्छ ।

नेपालबाट बेलायत अमेरिका, अस्टे«लियालगायतका मुलुकमा दुई लाखभन्दा बढी सयपत्री माला निर्यात पनि हुने गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ