alliance khabar

मंगलबार, आश्विन २०, २०८३

सुलीकोट (गोरखा), असोज २० गते ।

प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने प्रमुख यातायातको माध्यम मनकामना केबलकारको सेवा मङ्गलबार एक दिनका लागि बन्द भएको छ। मनकामना दर्शन प्रालिले सूचना जारी गर्दै नियमित मर्मतसम्भार तथा सरसफाइका लागि असोज २० गते मङ्गलबार केबलकार सेवा बन्द गरिएको जनाएको हो।

मनकामना दर्शन प्रालिका अनुसार केबलकारका टावरलगायत संरचनाको नियमित मर्मतसम्भार र आवश्यक सरसफाइ गर्नुपर्ने भएकाले एक दिनका लागि सेवा स्थगित गरिएको हो। निर्धारित कार्यतालिकाअनुसार केबलकारको प्राविधिक परीक्षण तथा मर्मतसम्भारको काम गरिने जनाइएको छ।

केबलकार सेवा बन्द हुने भएपछि असोज २० गते मनकामना मन्दिर दर्शनका लागि आउने यात्रु तथा भक्तजनले वैकल्पिक माध्यमबाट यात्रा गर्नुपर्नेछ। सेवा बन्द हुनेबारे यात्रु तथा भक्तजनलाई जानकारी गराउन कम्पनीले सार्वजनिक सूचना जारी गरेको हो।

मनकामना दर्शन प्रालिका प्रबन्धक उज्ज्वल शेरचनका अनुसार मर्मतसम्भारको काम सम्पन्न भएपछि असोज २१ गते बुधबार बिहानदेखि केबलकार सेवा साविककै समयतालिकाअनुसार नियमित रूपमा सञ्चालन हुनेछ।

केबलकार प्रालिले सेवा बन्द हुने एक दिनको अवधिलाई केबलकारको प्राविधिक अवस्था थप सुरक्षित र व्यवस्थित बनाउन उपयोग गरिने जनाएको छ। साथै, यात्रु तथा भक्तजनलाई पर्न जाने असुविधाप्रति केबलकार प्रालिले क्षमायाचना गर्दै सेवा पुनः सञ्चालन भएपछि नियमित रूपमा यात्रा गर्न आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ