alliance khabar

मंगलबार, आश्विन २०, २०८३

अर्घाखाँची, असोज २० गते ।

अर्घाखाँचीको ऐतिहासिक अर्घा महाकाली भगवती मन्दिरमा यस वर्षको सराय नाचका लागि तयारी थालिएको छ । हिन्दुहरूको महान् पर्व बडादसैँको पूर्णिमाका दिन अर्घाको मैदानमा विशेष सराय नाचसहित मेला लाग्ने गर्छ । पश्चिम नेपालकै सबैभन्दा लोकप्रिय नाच हेर्न हजारौँ सङ्ख्यामा भक्तजन आउने गरेका छन् । सराय नाचका लागि मन्दिर तथा आसपासका क्षेत्रको सरसफाइ, रङरोगन र आवश्यक संरचना व्यवस्थापनको काम भइरहेको छ ।

लामो समयदेखि जीर्ण केही संरचना मर्मतसम्भार गरी सञ्चालनमा ल्याइएको अर्घा महाकाली भगवती मन्दिर तथा दरबार गुठी संरक्षण समितिले जनाएको छ । अर्घा क्षेत्रलाई सराय नाचको उद्गमस्थलका रूपमा लिइन्छ । अर्घा भगवती मन्दिरमा दसैँका अवसरमा विशेष पूजाआजा हुने र पूर्णिमाका दिन सराय नाचसहित फूलपाती विसर्जन गरिने परम्परा छ । अर्घामा हुने सराय नाचमा जिल्लाका विभिन्न स्थानका साथै छिमेकी जिल्लाबाट समेत ठुलो सङ्ख्यामा मानिस सहभागी हुने गरेका छन् ।

तरबार, खुँडा तथा विभिन्न हतियारसहित पन्चैबाजाको तालमा नाचिने सरायमा देवीको प्रतीकका रूपमा रहेका आलमसमेत प्रदर्शन गर्ने गरिन्छ । देवीले महिषासुरलगायतका दानवको वध गरी विजय प्राप्त गरेको खुसियालीमा सराय नाच्ने परम्परा सुरु भएको स्थानीय बताउँछन् । अर्घा महाकाली भगवती मन्दिरपरिसरमा ऐतिहासिक घण्ट, ढाल, तरबार, मूर्ति, शिलालेखलगायतका पुरातात्विक महत्वका सामग्री छन् । मन्दिरको संरक्षण तथा पुरातात्त्विक सम्पदाको जगेर्नाका लागि पछिल्ला दुई वर्षदेखि पुरातत्त्व विभागबाट समेत केही सहयोग प्राप्त हुँदै आएको संरक्षण समितिले जनाएको छ ।

अर्घा महाकाली भगवती मन्दिर तथा दरबार गुठी संरक्षण समितिका अध्यक्ष सरोज भुसालले ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको अर्घा क्षेत्रको संरक्षणमा स्थानीय तहबाट अपेक्षित सहयोग हुन नसकेको बताउनुभयो । गुठीको सम्पत्ति संरक्षण र ऐतिहासिक संरचनाको संरक्षणमा चुनौती रहेको उहाँको भनाइ छ । अर्घाको सराय नाच धार्मिक तथा सांस्कृतिक महत्व बोकेको मौलिक परम्परा मात्र नभई सामाजिक सद्भाव र भाइचाराको सम्बन्ध बलियो बनाउने माध्यमसमेत बन्दै आएको छ । अर्घा, सन्धिखर्क, खाँची, नुवाकोट, ठाडालगायतका देवीका मन्दिर तथा शक्तिपीठमा समेत दसैँका अवसरमा सराय नाच्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ