alliance khabar

सोमबार, आश्विन ०५, २०८३

दाङ, असोज ५ गते ।

लेखक लीला शर्माको पुस्तक ‘अस्मिता’ को पुस्तक ‘युद्ध लडेँ, क्यान्सर जितेँ’ दाङको घोराहीमा लोकार्पण गरिएको छ । जन्मस्थान देउखुरीको धैरेनीबाट घोराहीमा कलेज पढ्न आउँदा ३० वर्षअघि चिठी पुर्‍याइदिने बहानामा आफूलाई माओवादीसित पुर्‍याइएको स्मरण गर्दै लेखक लीला शर्माले लोकार्पणका लागि उही ठाउँ घोराही रोजेको बताउनुभयो ।

“जहाँबाट आफ्नो बाटो मोडियो, त्यहीँ आइपुगेकी छु । यी दौरानमा दुइटा लडाइँ लडियो । एउटा युद्ध र अर्को क्यान्सर । जे देखेँ भोगेँ, त्यही लेखेकी छु,” लेखक लीला शर्माले भन्नुभयो, “युद्धकालभरि म धेरै डायरी लेख्थेँ । अझै धेरै डायरी जोगाएर राखेकी छु । आफ्नो कथा आफैँ लेख्नु पर्छ भन्ने लागेर पुस्तक लेखेकी हुँ ।” लेखक लीला शर्मासहित अग्रज पत्रकार तथा लेखक नारायण शर्मा, समालोचक तथा कवि अमर गिरी, सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतम तथा नेपालयका सम्पादक विमल आचार्यले पुस्तक लोकार्पण गर्नुभएको थियो । पब्लिकेसन नेपालयले प्रकाशन गरेको २३६ पृष्ठको पुस्तक रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ