alliance khabar

सोमबार, आश्विन ०५, २०८३

सुर्खेत, असोज ५ गते ।

गत साउन र भदौमा सुर्खेतमा अत्यधिक अभाव भोगेको खाना पकाउन ग्यास असोज लागेयता सहज आपूर्ति भएको छ । ग्यास लिन लाइन लाग्नुपर्ने अवस्था हटेको छ भने डिलरमा पनि ग्यास सिलिन्डर मौज्दातका रूपमा रहन थालेका छन् ।

नेपाल आयल निगम सुर्खेतका अनुसार असोज लागेयता खाना पकाउने ग्यासको अभाव हटेको छ । उपभोक्ता पनि लाइन नलागी घरमै ग्यास मगाउन थालेका छन् । आयल निगम सुर्खेतका सूचना अधिकारी रामकुमार केएमले साउन र भदौमा झन्डै एक लाख सिलिन्डर खपत भएको बताउनुभयो । उहाँका अनुसार साउनमा ५० हजार ७७८ वटा र भदौमा ४५ हजार २८७ वटा गरी ९६ हजार ६५ वटा सिलिन्डर वीरेन्द्रनगरमा खपत भएको छ । यी सबै भरी सिलिन्डर हुन् ।

असारमा ६७ हजार ३५७ आधा सिलिन्डर बिक्री भएको थियो । सूचना अधिकारी केएमले गत फागुनमा आधा सिलिन्डर बेच्ने निर्णय गर्दा सामान्य नै रहेको तर असारको अन्तिममा भरी सिलिन्डर बेच्ने सूचना जारी गरेपछि उपभोक्ताले आफूसँग भएका सबै सिलिन्डर भर्न खोज्दा अभाव देखिएको बताउनुभयो । साउन र भदौमा ९६ हजारभन्दा बढी भरी सिलिन्डर उपभोक्ताले लिइसकेको अवस्था अब सहज अवस्था आएको उहाँले बताउनुभयो । दसैँतिहार जस्ता ठुला पर्व पनि आउन लागेको बेला ग्यासको आपूर्ति सहज र सामान्य हुँदै जाने सुखद पक्ष भएको उहाँको भनाइ छ ।

वीरेन्द्रनगरमा ग्यास विक्रेताले पनि असोज लागेपछि ग्यास लिन लाइन लाग्नुपर्ने अवस्था नआएको जनाएका छन् । राप्ती ग्यासका विक्रेता चन्दनारायण साहले साउन र भदौको अवस्था जटिल भएको र असोज लागेयता ग्यास पसलमा भण्डारण हुँदै जान थालेको बताउनुभयो । उहाँले उपभोक्ता आउनासाथ तत्कालै ग्यास लिने अवस्था रहेको जानकारी दिनुभयो ।

यसै गरी जिल्ला प्रशासन कार्यालय सुर्खेतले पनि असोज १ गते गरेको ग्यास डिलर अनुगमनमा ग्यासको अवस्था सहज भएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले अनुगमन गर्दा ग्यास पसलमा ग्यास मौज्दात रहेको पाइएको बताउनुभयो । उहाँले असोज १ गते सबै पसलमा अनुगमनमा गर्दा ९२३ वटा सिलिन्डर मौज्दात रहेको भन्दै लगत्तै एक ट्रक ग्यास पनि सुर्खेत भित्रिएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ