alliance khabar

बुधबार, भाद्र ३१, २०८३

काठमाडौँ, भदौ ३१ गते ।

 हरेक वर्ष हुँदै आएको क्यासिनो नवीकरण अवधि बढाएर पाँचमा वर्ष बनाउन क्यासिनो व्यवसायीले सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको मङ्गलबारको बैठकमा पर्यटन विधेयक, २०८१ माथिको छलफलमा व्यवसायीले त्यस्तो सुझाव दिएका हुन् । क्यासिनोको नवीकरण हरेक वर्षबाट बढाएर पाँच वर्षमा गर्न र एउटा होटेलमा एकभन्दा बढी क्यासिनो सञ्चालन गर्न नपाइनेबारे कानुनमै व्यवस्था गर्न सुझाएका हुन् ।

क्यासिनो व्यवसायी अमूल्य राणाले एउटै होटेलको फरक फरक भागमा छुट्टाछुट्टै क्यासिनो सञ्चालन गर्न नपाउने गरी कानुनी व्यवस्था गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हाल क्यासिनोको इजाजतपत्र प्रत्येक वर्षमा नवीकरण गर्ने व्यवस्था छ । यसले गर्दा बैङ्किङ तथा अन्य वित्तीय सहुलियत प्राप्त गर्न समस्या रहेको छ । अब प्रस्तावित विधेयकमा उक्त नवीकरण अवधि बढाएर तारे होटेल जस्तै पाँच वर्षमा गर्ने व्यवस्था गर्न आवश्यक छ । त्यस्तै क्यासिनोको वर्गीकरण नगरी एउटै होटेलको फरक फरक भागमा छुट्टाछुट्टै क्यासिनो सञ्चालन गर्न नपाउने गरी कानुनी व्यवस्था स्पष्ट गर्न आवश्यक छ ।”

व्यवसायी बलराम सापकोटाले भन्नुभयो, “सरकारले सानो क्यानिसो खोल्न प्रोत्साहन गर्नुभन्दा ठुलो लगानी र रोजगारी सिर्जना गर्ने क्यासिनोलाई प्राथमिकता दिनु पर्छ ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ