alliance khabar

सोमबार, भाद्र २२, २०८३

कल्याणपुर (सप्तरी), भदौ २२ गते ।

करिब एक महिनाको अन्तरालपछि वर्षा भएपछि सप्तरीसहित आसपास क्षेत्रका किसान हर्षित भएका छन्। आकाशे पानीको भरमा खेती गर्दै आएका किसान आइतबार रातिदेखि वर्षा हुन थालेपछि खुसी भएका हुन्। भदौ महिनाको तेस्रो साता बित्न लाग्दासमेत पर्याप्त वर्षा नहुँदा खेतमा लगाइएको धानबाली कसरी जोगाउने भन्ने चिन्तामा रहेका किसानलाई पछिल्लो वर्षाले राहत दिएको छ।

कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख रोशन मेहताले पछिल्लो वर्षाले धानबालीलाई नयाँ जीवन दिएको बताउनुभयो। “एक महिनाको खडेरीपछि भएको वर्षाले धानबालीले नयाँ जीवन पाएको छ,” उहाँले भन्नुभयो, “वर्षा नहुँदा उत्पादन घट्ने जोखिम बढ्दै गएको थियो, अब त्यो जोखिम कम भएको छ।”

एक महिनापछि वर्षा हुँदा खेतमा मात्र नभई मनमा पनि हरियाली छाएको रुपनी–४ का किसान भगवतीप्रसाद साहले बताउनुभयो। उहाँका अनुसार पछिल्लो वर्षाले धानबाली जोगाउन ठुलो मद्दत पुगेको छ।

सोही ठाउँका अर्का किसान रामरतन यादवले लामो समयपछि पानी पर्दा धानबालीले प्राण पाएको अनुभूति भएको बताउनुभयो।
सप्तरीका अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन्। लामो समयसम्म वर्षा नहुँदा धानबाली सुक्ने र उत्पादन घट्ने चिन्ता बढेको थियो। पछिल्लो वर्षाले किसानको चिन्ता केही कम भएको छ।

सप्तरीमा ८१ हजार ६ सय ६८ हेक्टर खेतीयोग्य जमिन रहेको छ। जिल्लामा हरेक वर्ष करिब ६८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा यस वर्ष शतप्रतिशत खेतीयोग्य जमिनमा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ। “यस वर्ष शतप्रतिशत खेतमा धान रोपाइँ भएको छ, त्यसैले उत्पादन पनि बढ्ने अनुमान छ,” केन्द्रका प्रमुख मेहताले भन्नुभयो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ