alliance khabar

आइतबार, साउन १७, २०८३

काठमाडौँ, साउन १७ गते ।

मिस नेपाल–२०२६ को ताज दीपमाला ढकालले जित्नुभएको छ । दी हिडन ट्रेजरद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको ग्रान्ड फिनालेमा २३ जनालाई पछि पार्दै उहाँले ताज हात पार्नुभएको हो । प्रतियोगितामा कसिस सुब्बाले मिस नेपाल कस्मो–२०२६ को उपाधि जित्नुभयो भने आर्या निशात मिस नेपाल इन्टरनेसनल, २०२६ घोषित हुनुभयो ।

ढकाल विश्वप्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरकमा इन्भेस्टमेन्ट स्ट्राटेजिस्टका रूपमा कार्यरत हुनुहुन्छ । उहाँ ब्ल्याक बेल्ट तेक्वान्दो खेलाडी, रनवे मोडल, अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालक (होस्ट) तथा म्याराथन धाविका पनि हुनुहुन्छ । हाल उहाँ नेपाल क्यान्सर अस्पतालको गुडविल एम्बास्डरका रूपमा सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ । मिस वल्र्डको अन्तर्राष्ट्रिय मञ्चमार्फत क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने आफ्नो अभियानलाई विश्वस्तरमा पु-याउने लक्ष्य रहेको उहाँ बताउनुहुन्छ । ढकाल परिवार र मिस नेपालबिच विशेष सम्बन्ध छ । उहाँकी आमाले सन् १९९४ मा आयोजित पहिलो मिस नेपाल प्रतियोगितामा सहभागिता जनाउनुभएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ