alliance khabar

बिहिबार, आषाढ २५, २०८३

गौशाला (महोत्तरी), असार २५ गते ।

धान रोपाइँको मुख्य समयमा रासायनिक मलको सहज उपलब्धता सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाका सबै स्थानीय तहलाई मलको मौज्दात, बिक्रीवितरण तथा मूल्यको अनुगमन गर्न निर्देशन दिएको छ ।

कार्यालयले बुधबार जारी गरेको सूचनामा स्थानीय तहलाई आफ्नो क्षेत्रभित्र रहेका मल बिक्री केन्द्र तथा सहकारी संस्थाको स्थलगत अनुगमन गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।

कार्यालयका अनुसार किसानलाई आवश्यक पर्ने युरिया, डिएपी, पोटासलगायत रासायनिक मलको आपूर्ति सहज बनाउन, कृत्रिम अभाव हुन नदिन तथा कालोबजारी नियन्त्रण गर्न अनुगमनलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त निर्देशन जारी गरिएको हो । सूचना अनुसार स्थानीय तहले मल बिक्री केन्द्रको नाम र ठेगाना, युरिया, डिएपी र पोटासलगायत मलको मौज्दात अवस्था, बिक्री भइरहेको मूल्य, नेपाल सरकारले तोकेको मूल्य कार्यान्वयन भए÷नभएको, कृत्रिम अभाव वा कालोबजारी भए/नभएकोलगायतका विषय समेटेर प्रतिवेदन पेस गर्नुपर्ने छ ।

त्यसै गरी अनुगमनका क्रममा देखिएका समस्या तथा समाधानका सुझावसमेत प्रतिवेदनमा समावेश गर्न जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल