alliance khabar

बुधबार, आषाढ १०, २०८३

काठमाडौँ, असार १० गते  ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका संस्थापक शान्ति मिश्रको सम्मानमा प्रकाशित हुलाक टिकटमा प्रथम दिवसीय टाँचा प्रदान गरिएको छ । हुलाकसेवा विभागद्वारा मङ्गलबार राजधानीमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले केन्द्रीय पुस्तकालयका संस्थापक मिश्रको नामको प्रकाशित टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गर्नुभएको हो ।

सचिव बस्नेतले केन्द्रीय पुस्तकालयका पुस्तक पढेर आफू पनि लाभान्वित भएको स्मरण गर्दै महिलालाई पढ्न पे्ररित नगर्ने त्यसबेलाको समयमा पनि शान्ति मिश्रले पढ्ने अवसर पाउनु र पुस्तकालयको व्यवस्थापन समालेर नमुना काम गर्नुभएको बताउनुभयो ।  उहाँले महिलाको योगदानलाई सम्मान गर्दै हुलाकसेवा विभागले टिकट प्रकाशन गरेर दक्षिण एसियाकै नमुना पुस्तकालय र त्यसको संस्थापकको कृतिलाई विश्वभर फैलाउन सहयोग पुगेको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका अध्यक्ष सागरराज सुवेदीले केन्द्रीय पुस्तकालयको आधारशिला शान्ति मिश्रकै योगदानबाट तयार भएको बताउनुभयो । उहाँले आइएसबिएन नम्बरसमेत प्रदान गर्ने, दक्षिण एसियाको नमुना उक्त पुस्तकालयमा चार हजारभन्दा बढी पुस्तक ई लाइब्रेरीको अवधारणामा रूपान्तरण भइरहेको बताउनुभयो ।  हुलाक विभागका महानिर्देशक मनमाया भट्टराई पङ्गेनीले हुलाक टिकट सम्पदा, व्यक्तित्व, दुर्लभ वनस्पतिसमेतलाई ऐतिहासिक दस्ताबेजका रूपमा संरक्षण गर्ने माध्यम भएको बताउनुभयो । शान्ति मिश्रका श्रीमान् नारायण मिश्रले श्रीमतीलाई सम्झँदै पुस्तकालयको व्यवस्थापन र विकासका लागि त्रिभुवन विश्वविद्यालयको प्राध्यापन पेसासमेत छोडेर पुस्तकालयको काममा लागिपरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल