alliance khabar

शुक्रबार, आषाढ ०५, २०८३

चितवन,  असार ५ गते ।

यहाँका किसानले पालेका ७० हजार पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको छ । चालु आर्थिक वर्षको हालसम्म घरपालुवा पशुचौपायालाई खोरेतको समस्या आउन नदिन खोप लगाइएको हो ।

पशु सेवा कार्यालय चितवनका प्रमुख डा प्रभात न्यौपानेका अनुसार जिल्लामा एक लाख गाईभैँसी पालिएका छन् । कतिपय किसानले आफैँले खोरेतविरुद्धको खोप लगाउने गरेका बताउँदै कार्यालयले पालिकामा रहेका पशुसेवा कार्यालयमार्फत पनि खोप लगाएको उहाँले उल्लेख गर्नुभयो ।

“भाइरसका कारण यो रोग सर्ने गर्दछ । यस रोग लागेका गाईभैँसीमा दुईदेखि तीन दिन १०४ डिग्री ज्वरो आउने, जिब्रोको छाला जाने, गर्भवती भए गर्भ तुहिने, दूध उत्पादन घटाउने, खुट्टामा घाउ हुने, दाना पानी नखानेजस्ता लक्षण देखिन्छ । यो रोग बढी सङ्ख्यामा गाईभैँसी र बुङ्गुरमा देखिने भएकाले किसानले पनि सर्तकता अपनाउनु पर्दछ”, पशु सेवा कार्यालयका प्रमुख डा न्यौपानेले भन्नुभयो ।

जिल्लाका पशु चौपायालाई खोरेतविरुद्धको खोप लगाएपछि सुरक्षित हुने भए पनि बाहिरबाट खरिद गरेर ल्याइएका पशुमा यो रोग देखिने गरेको उहाँले बताउनुभयो । बाहिरबाट खरिद गरेर ल्याइएका पशुलाई २१ दिनसम्म क्वारेन्टाइनमा राखेर मात्र आफ्नो बथानमा मिसाउन उहाँले आग्रह गर्नुभयो ।

डा न्यौपानेले भन्नुभयो, “सङ्क्रमण देखिएका पशुलाई छुट्टै राखेर उपचार गर्नुपर्छ ।” जङ्गली जनावारबाट पनि सर्नसक्ने भएकाले चरनका लागि लैजाने गाईभैँसीमा बढी यसको सङ्क्रमण देखिने उहाँले बताउनुभयो । हरेक फार्ममा जैविक सुरक्षाको विधि अपनाएर वर्षमा दुई पटक खोरेतविरुद्धको खोप लगाउन कार्यालयले पशुपालन गर्ने किसानलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल