alliance khabar

आइतबार, जेठ ३१, २०८३

काठमाडौं, जेठ ३० गते । 

नेपालमा शिक्षा प्रणालीलाई केवल अक्षरज्ञान र परीक्षा केन्द्रित बनाउने परम्परागत सोचभन्दा माथि उठाउँदै विद्यार्थीको समग्र व्यक्तित्व विकासमा केन्द्रित चेतनामा आधारित शिक्षा (Consciousness-Based Education) विस्तार गर्ने अभियानलाई तीव्रता दिइएको छ। यस अभियानको नेतृत्व नेपाल सरकारका पूर्व गृह राज्यमन्त्री तथा नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले गरिरहनुभएको छ।

दक्षिणकाली नगरपालिका–१ स्थित बोसनमा आयोजित चेतनामा आधारित शिक्षासम्बन्धी एकदिने राष्ट्रिय सम्मेलनले योग, ध्यान, नैतिक मूल्य र संस्कारसहितको शिक्षालाई विद्यालय तहमा समावेश गर्नुपर्ने निष्कर्षसहित २२ बुँदे घोषणापत्र जारी गरेको छ। सम्मेलनमा बोल्दै फाउन्डेसनका अध्यक्ष बाँस्कोटाले नेपालमा शैक्षिक सुधारको दीर्घकालीन आधार चेतनामा आधारित शिक्षा नै भएको बताउनुभयो।

उहाँका अनुसार यो शिक्षा प्रणालीले विद्यार्थीलाई केवल जानकारी ग्रहण गर्ने माध्यम नभई आफ्नै भित्री चेतना, सिर्जनशीलता, विवेक र नेतृत्व क्षमताको विकास गर्ने अवसर प्रदान गर्छ। “विद्यार्थीभित्र रहेको असीम सम्भावनालाई उजागर गर्ने वैज्ञानिक पद्धति नै चेतनामा आधारित शिक्षा हो,” अध्यक्ष बाँस्कोटाले भन्नुभयो।

सम्मेलनमा प्रतिनिधिसभा सदस्य तथा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति समीक्षा बाँस्कोटाले चेतनामा आधारित शिक्षालाई राष्ट्रिय पाठ्यक्रममा समावेश गर्न आवश्यक रहेको बताउँदै नीतिगत पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। दक्षिणकाली नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले आगामी नीति तथा कार्यक्रम तथा बजेटमार्फत नगरपालिकाका विद्यालयहरूमा चेतनामा आधारित शिक्षा लागू गरिने घोषणा गर्नुभयो।

नेपालमा चेतनामा आधारित शिक्षाको यात्रा सन् २०१२ बाट सुरु भएको हो। प्रारम्भिक चरणमा तक्षशिला एकेडेमी, तिलिङ्गाटार माध्यमिक विद्यालय तथा सैनिक आवासीय महाविद्यालयमा भावातीत ध्यान (Transcendental Meditation) कार्यक्रम सञ्चालन गरिएको थियो। त्यसयता विभिन्न विद्यालयका शिक्षक तथा ध्यान प्रशिक्षकहरूलाई नेदरल्याण्ड, भारत र थाइल्याण्डमा तालिम प्रदान गरिएको छ।

अध्यक्ष बाँस्कोटाले भावातीत ध्यानको नियमित अभ्यासले विद्यार्थीको स्मरणशक्ति, एकाग्रता, रचनात्मकता तथा आत्मविश्वासमा उल्लेखनीय वृद्धि हुने बताउनुभयो। उहाँका अनुसार यस प्रणालीबाट शिक्षित विद्यार्थी केवल परीक्षामा सफल हुने होइन, समाजप्रति उत्तरदायी, नैतिक र संवेदनशील नागरिकका रूपमा विकसित हुन्छन्।

नेपाल महर्षि वैदिक फाउन्डेसनले चेतनामा आधारित शिक्षाको प्रभावकारी कार्यान्वयनका लागि नमूना विद्यालय स्थापना गर्ने तयारीसमेत अघि बढाएको जनाएको छ। साथै २०७० सालदेखि नेपाली पण्डितहरूको सहभागितामा अन्तर्राष्ट्रिय ग्रहशान्ति यज्ञ सञ्चालन गर्दै चेतना विकास र वैदिक ज्ञानको प्रवर्द्धनमा समेत फाउन्डेसन सक्रिय रहेको छ।

शिक्षा क्षेत्रमा बढ्दो मानसिक तनाव, मूल्यहीनता र प्रतिस्पर्धात्मक दबाबका बीच चेतनामा आधारित शिक्षा नेपाली शिक्षा प्रणालीको वैकल्पिक तथा रूपान्तरणकारी मोडलका रूपमा स्थापित हुँदै गएको सहभागीहरूले बताएका छन्। यसको राष्ट्रिय विस्तारमा सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल