alliance khabar

सोमबार, जेठ १८, २०८३

फुङलिङ, जेठ १८ गते ।

 दोस्रो कञ्चनजङ्घा साहसिक म्यारथन प्रतियोगिताको उपाधि पाँचथरका विशाल राईले हात पार्नुभएको छ । दोस्रो सिरिजङ्घा पर्यटन महोत्सवको अवसरमा आयोजित उक्त साहसिक खुल्ला म्याराथनको उपाधि राईले हात पार्नुभएको हो ।

२४ प्रतिस्पर्धीलाई पछि पार्दै राईले ५ घण्टा ३० मिनेट ८ सेकेण्डमा ४२ किलो लामो दूरी पार गर्नुभएको थियो । सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनको छुमादिनबाट ४ हजार २ सय मिटर उचाइको दुण्डु डाँडा पुगेर पुनःछुमादिनमा फर्किदा निर्धारित दूरी पूरा हुन्थ्यो ।

यस्तै ताप्लेजुङको पेदाङका बिभिषण लिम्बूले ५ घण्टा ३१ मिनेट २० सेकेन्डमा निर्धारित दूरी पार गर्नै दोस्रो बन्नुभएको म्याराथन संयोजक अमिर राईले जानकारी दिनुभयो । उहाँका अनुसार पाँचथरका प्रताप थाम्सुहाङले ५ घण्टा ४१ मिनेट ३१ सेकेन्डमा दूरी पार गर्दै तृतीय बन्नु भएको छ ।

म्याराथनका विजेता राईले १ सय ९६ तोला चाँदीजडित रनिङ ट्रफीसहित एक लाख आठ हजार ५८६ रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभएको छ । यस्तै दोस्रो हुनुहुने लिम्बूले ५८ हजार ५८६ रुपियाँ र तेस्रो हुनुहुने थाम्सुहाङले २८ हजार ५८६ रुपियाँ नगद पुरस्कार प्राप्त गर्नुभएको छ ।

पहिलो कञ्चनजङ्घा साहसिक म्याराथन प्रतियोगिताको उपाधि सोलुखुम्बूका अर्जुन कुलुङ राईले जित्नु भएको थियो । सिरिजङ्घा गाउँपालिकाको आर्थिक व्यवस्थापन तथा सिनाम युनाइटेड खेलकुद तथा सांस्कृतिक क्लबको आयोजनामा तीन दिने महोत्सव सञ्चालन गरिएको क्लबका सचिव नरेश गुरुङले जानकारी दिनुभयो । जेठ १५ देखि सुरु भएको महोत्सव जेठ १७ गते सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल