alliance khabar

बुधबार, जेठ १३, २०८३

म्याग्दी, जेठ १३ गते ।

 हिमालपारिको जिल्ला जोमसोम लाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक लगातारको वर्षासँगै आएको पहिरोका कारण बुधबार बिहानैदेखि अवरुद्ध भएको छ ।

बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ उपल्लो बैसरी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार सडकमाथिबाट पहिरो झरेपछि बिहान साढे ५ बजेदेखि सडक अवरुद्ध भएको हो । पहिरोका कारण सडक बन्द भए पनि अन्य क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

पहिरोस्थलमा अस्थायी प्रहरी पोस्ट तिप्ल्याङबाट प्रहरी हवल्दार विनोदकुमार चौहानको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दी र जिल्ला प्रहरी कार्यालयले यात्रु तथा सवारी चालकलाई वैकल्पिक मार्ग अपनाउन तथा सतर्क रहन आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल